माघ सात देखी मध्यमान्चल भलिवल प्रतियोगिता

सिन्धुली दर्पण,काठमाण्डौ,पुस १७


सिन्धुलीमा माघ सात गते देखी हुन लागेको मध्यमान्चल क्षेत्रीय खेलाडी छनोट कार्यक्रमको आयोजन हुन थालेको जिल्ला खेलकुद विकास समितीले शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ । स्थानिय विकास अधिकारी धु्रववहादुर खड्काको संयोजकत्वमा मध्यमान्चल भलिवल छनोट प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विष्णु माझीले जानकारी दिनुभएको हो ।

भलिवल खेलको क्षेत्रीय छनौट प्रतियोगितामा १९ जिल्लाका महिला १९० र पुरुष १९० खेलाडीहरु सहित ४८० खेलाडीहरु खेलमा प्रतिस्पर्दाको लागी सभागी हुने भएको जानकारी सो पत्रकार सम्मेलनमा गराइएको छ । मध्यमान्चल स्तरिय भलिवल खेलाडी छनोट प्रतियोगिताको लागी १९ लाख ९१ लाख खर्च लाग्ने जिल्ला खेलकुद विकास समितीले अनुमानित लागत प्रस्तुत गरेको छ ।
सिन्धुलीमा पहिलो पटक हुन लागेको मध्यमान्चल स्तरिय भलिवल प्रतियोताको लागी आवश्यक सहयोग गरि दिन जिल्ला वासीलाई खेलकुद विकास समितीले आग्रह गरेको छ । मध्यमान्चल स्तरिय भलिवल छनोट प्रतियोतिको खेल करिव १ लाख जनसमुदायले हेर्ने दावी खेलकुद विकास समितीको रहेको छ ।

जिल्ला खेलकुद विकास समितीले माघ महिना देखी सुरु हुने मध्यमान्चल स्तरिय खेलकुद प्रतियोगीताकोलागी जिल्लामा खेलाडी छनोट प्रकृया सम्पन्न भएको जनाएको छ । जिल्ला खेलकुद विकास समितीका सदस्य सन्तोष कोइरालाले दिएको जानकारी अनुसार मध्यमान्चल खेलकुद प्रतियोगिताको लागी सिन्धुली जिल्लावाट फुटवल,भलिवल कपडी व_िक्सङ्ग स्थलेटिक्स सितोरियो कराँते तेकन्दो टुवेलु टेनिस व्याडमिन्टन उसु चेसस्नकरस्क्वास र कि्रकेट खेलकोलागी खेलाडी छनोट गरिएको  छ । मध्यमान्चल खेलकुद प्रतियोगितामा भाग लिन सिन्धुलीवाट पुरुष ११४ जना महिला ५१ र टिमकोचर व्यवस्थापक २४ सहित १९० जना खेलाडीहरु छनोटमा परेका छन् ।

Related

खेलकुद 3299448012859954074

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item