महानायकको न्यू इयर ‘रिभिल’

काठमाडौं  पुस १७

महानायक राजेश हमालले  नेपाली सिनेमाका दर्शकलाई नयाँ वर्ष २०१२ को शुभकामना दिँदै ‘न्यू इयर प्लान’ रिभिल गरेका छन् । नयाँवर्षको योजना पहिलोपटक खुलासा गर्दै उनले वर्षको अन्त्यमा आफू निर्माता र निर्देशक दुवै बन्ने बताए । अनटाइटल प्रोजेक्टका लागि आगामी जुनमा सिनेमा कम्पनी ‘राजेश हमाल प्रोडक्सन’ स्थापना हुने र कम्पनीबाटै सिनेमा निर्माण थालिने उनको योजना छ । 

हालै स्थापना गरिएको ‘राजेश हमाल फाउन्डेसन’लाई भने सामाजिक कार्यमा मात्र सक्रिय तुल्याउने उनको योजना छ । हमालको होमप्रोडक्सन सिनेमाको बजेट ६० लाख हुने पनि उनले उल्लेख गरे । प्रमुख कुरा, हमाल स्वयम आफ्नै सिनेमाका लिड एक्टर हुनेछन् । तपाईँको अपोजिटमा नि ? हमाल भन्छन्, –‘न्यू लक्स’ । उनका अनुसार नयाँ अनुहारकी हिरोइनले महानायकसँग रोमान्स गर्नेछिन् । आफ्नै गर्लफ्रेन्डलाई हिरोइन बनाउने सम्भवनालाई भने उनले अस्वीकार गरिदिए । 

हमालका सहयोगी चिरञ्जीवि आचार्य बाँकी पाँच पात्र छनौटका लागि इटहरी, पोखरा, नारायणघटसहितका प्रमुख सहरमा अडिसन लिने बताउँछन् । ‘सिनेमाका लागि अडिसनको मुड बनाइसकेका छौं’ आचार्य भन्छन्, ‘बाँकी कलाकार सबै अडिसनबाट ।’ प्रोजेक्टका लागि हमाल यतिबेला स्क्रिप्टको गृहकार्यमा छन् । तीनवर्षदेखि हमाल आफू निर्देशक बन्ने बताउँदै आएका थिए । उनले आफ्नो नयाँवर्षको अधिकांश समय सामाजिक कार्यमा बित्ने पनि जनाएका छन् । -मेरोसिनेमा,

Related

मनोरञ्जन 3001810306191954976

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item