लोडसेडिङ अन्त्य गर्न जरुरी सार्वजानिक महत्वको प्रस्ताव पारित हुँदै

काठमाण्डौ पुस ७
विद्यमान लोडसेडिङको अल्पकालिन र दीर्घकालिन समस्या समाधानका लागि व्यवस्थापिका संसदले आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गर्दैछ ।
संसदको केहीबेरमा बस्ने बैठकमा राष्ट्रिय जनशक्ति पार्टीका प्रकाशचन्द्र लोहनी प्रस्तावक रहेको जरुरी महत्वको प्रस्तवमा एमालेका रामजीप्रसाद शर्मा र काङ्गे्रसका गगन थापा समर्थक रहनुभएको छ । 
प्रस्तावमा देशमा जारी लोडसेडिङका कारण मुलुकको आर्थिक अवस्था धरासायी बन्दै गएकोले समस्या समाधान गर्न नेपाल सरकारलाई निर्देशन गर्ने उल्लेख छ । संसदको आजैको बैठकले राष्ट्रिय मानवअधिकार आयोग विधेयक पारित गर्ने कार्यक्रम छ ।

Related

प्रविधि 2981877262204191599

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item