सेनामा समूहगत समायोजनाको विरोध

http://sindhulidarpan.blogspot.com/2011/12/news_8403.html
काठमाण्डौ,पुस ७
राष्ट्रिय जनशक्ति पार्टीले सेनामा मधेशी समूहको छुट्टै समूह गठन गर्ने सरकारको निर्णयप्रति विरोध जनाएको छ । राष्ट्रिय जनशक्ति पार्टी संसदीय दलका नेता एवं सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आज विज्ञप्ति निकालेर जातीय वा क्षेत्रीय आधारमा नेपाली सेनामा समूहगत प्रवेशको अवधारणा राष्ट्रिय हित विपरित रहेको बताउनुभएको हो । 'जाति या क्षेत्रको आ-आफ्नै सेना रहने शैलीले नेपाली सेनालाई एकतामूलक संस्थाको सट्टा सेनाभित्र पुरानो बाइसे/चौबिसे राज्यको अवधारणालाई प्रोत्साहन गर्ने विज्ञप्तिमा भनिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !