बुटवलमा १२ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु प्रधानमन्त्रीद्वारा उद्घाटन

http://sindhulidarpan.blogspot.com/2011/12/festival.html
टीआर शर्मा
वुटवल,पुस ७
"स्वदेशी उत्पादन प्रयोग गरौं समृद्ध नेपाल निर्माण गरौं" भन्ने मूल नाराका साथ रुपन्देही उद्योग सङ्घ बुटवल र नेपाल उद्योग परिसङ्घ काठमाडौंको संयुक्त आयोजनामा आजदेखि बुटवलमा बाह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।
महोत्सवको प्रधानमन्त्री डा। बाबुराम भट्टराईले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहलाई प्रधानमन्त्री भट्टराईसँगै पुर्वमन्त्री एवं सभासद् विष्णु पौडेलनेपाल उद्योग परिसङ्घका अध्यक्ष विनोद चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
बुटवल १२ रामनगरस्थित बुटवलमण्डपमा पुस १९ गतेसम्म संचालन हुने महोत्सवमा सुचना प्रविधिबाहेक सबै स्वदेशी उत्पादनका चार सय स्टलहरु रहेका छन् । प्रदर्शनीमा कृषिजन्य स्टल र नयाँ प्रविधि मुख्य आकर्षणको रुपमा रहने रुपन्देही उद्योग सङ्घका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिनुभयो । प्रदर्शनीमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने र १३ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको सङ्घका महासचिव गणेश अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा अाचलस्तरको भलिबल प्रतियोगिता लोकदोहोरी प्रतियोगिता अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !