ऊर्जा सङ्कट अन्त्य गर्न संसदबाट जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_6450.html

पुस १४ काठमाण्डु
मुलुकको ऊर्जा सङ्कट कम गर्न व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । जारी लोडसेडिङबाट राष्ट्रिय अर्थतन्त्र धरायशी बन्दै गएकोले समस्या समाधान गर्न ऊर्जा सङ्कट समाधान गर्न अल्पकालिन र दीर्घकालिन उपाय तत्काल अबलम्बन गर्न सरकारलाई निर्देशन दिन राजपा सभासद् प्रकाशचन्द्र लोहनीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।
प्रस्ताव पेश गर्दै लोहनीले संविधानसभा निर्वाचन भए यताका सरकारले ऊर्जा सङ्कट कम गर्ने भन्दा पनि बढि गफ गरेको जिकिर गर्नुभयो ।
विद्युत् उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न सोलार पावर जडान र आवश्यक परे कोइलाबाट सन्चालन गर्ने थर्मल प्लान्ट जोड्न सरकारलाई सुझाव दिनुभयो ।
नेकपा एमालेका सुरेद्र पाण्डेले राजनीतिक दलहरुसँग छलफल र परामर्श नगरी महङ्गो डिजेल प्लान्टको कुरा गरेर देशलाई सङ्कटमा पार्न खोजेको आरोप लगाउनुभयो । नेकपा एमालेकी सपना प्रधान मल्ल राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपालीलगायतले थर्मल प्लान्टको विकल्पमा जान नहुने बताउनुभयो ।
यसैबीच ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले तत्कालै जलविद्युत् आयोजना सम्पन्न हुने अवस्था नरहेकोले अल्पकालिन समस्याको समाधान स्वरुप डिजेल प्लान्टको विकल्प प्रस्तुत गरिएको बताउनुभयो । तत्काल वैकल्पिक व्यवस्था नगरेर आगामी आर्थिक वर्षमा लोडसेडिङ दैनिक २१ घण्टासम्म पुग्ने विद्युत् प्राधिकरणले प्रक्षेपण गरिसकेकोले विकल्पमा जान खोजिएको उहाँले उल्लेख गर्नुभयो । १ सय मेगावाटको प्लान्ट जोड्न सके लोडसेडिङ पाँचदेखि ६ घण्टा र दुई सय मेगावाट जोडन सके दैनिक लोडसेडिङ १२ घण्टासम्म कटौती गर्न सकिने उल्लेख गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !