एकीकृत नेकपा माओवादीको केन्द्रिय समिति बैठममा सदस्यहरुले अध्यक्ष र उपाध्यक्षको प्रस्तावमाथि मिश्रित धारणा राखे, बैठक भोलिसम्मका लागि स्थगित


काठमाण्डौ, १४ पुस
एकिकृत नेकपा माओबादीको केन्द्रिय समिति बैठक भोलि सम्मका लागि स्थगित भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेकेा बैठकमा अध्यक्ष प्रचण्ड र बरिष्ठ उपाध्यक्ष बैद्यले पेश गरेका छुट्टा छुट्टै प्रस्ताव माथि केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राखेका थिए ।

माओबादीमा संस्थापन र बैद्य पक्ष गरी अहिले २ धार देखा परेको छ । संस्थापन पक्ष शान्ति र संविधान निर्माणमा अग्रसर देखिएकेा छ भने बैद्य पक्षले जन विद्रोहको विकल्प नभएको बताउदै आएकेा छ । माओबादीको आन्तरिक विबादले पछिल्लो समय संविधान निर्माण प्रकि्रयामा पनि अबरोध पुगेकॊ छ ।

पार्टी अध्यक्ष प्रचण्ड नेतृत्व विबाद समाधान उप समितले सहमति जुटाएका बुदामा बैद्य पक्षले असहमति जनाउदै जान थालेपछि संविधान निर्माणमा जटिलता थपिएको हो ।

यसैविच माओबादी नेता देव गुरुङले पार्टी भित्र भिन्न मत राख्ना साथ संस्थापन पक्षले पार्टी फुटाउने षड्यन्त्र गरेको आरोप लगाउदै विचारको पक्षलाई पछाडी पार्ने काम गरेकेा गुनासो गर्नु भयो । नेता गुरुङले आफुहरुको भिन्न मतकै कारण पार्टी फुट्ने खतरा नरहेको दावी गर्नुभयो ।

उहाँले अहिलेको सरकारले भ्रष्टाचार र विकृतिका लागि सवैलाई उछिनेर माओबादीकै बदमान गरेकाले वावुराम भट्टराईको विकल्पमा रामवहादुर थापलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको जानकारी दाबी गर्नुभयो ।

Related

स्थानिय 3359741732649047435

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item