६ महिना भित्र शान्ति प्रकृया टुंग्याएर नयाँ संविधान जारी गर्ने-काँग्रेस सभापति कोइराला

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_5176.html

बिरगज १४ पुस
नेपाली काँग्रेसका सभापति शुशिल कोइरालाले ६ महिना भित्र शान्ति प्रकृया टुंग्याएर नयाँ संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विरगन्जमा जारी टेलिकम वर्कस युनियन केन्द्रीय परिषद्को उद्७३डद्दण्द्धसघाटन गर्न जाने क्रममा सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति कोइरालाले शान्ति प्रकि्रया निश्कर्षमा पुर् याएर सँबिधान निर्माण गर्ने बताउनु भयो ।
सभापति कोइरालाले नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्नेमा जोड दिनुभयो । एमाले र माओवादीको नेतृत्वमा दुई दुई पटक सरकार गठन भइसककाले अबको सरकार कांग्रेसको नेतृत्वमा बन्नु पर्ने उहाँको तर्क थियो ।
सभापति कोइरालाले कांग्रेस स्वतन्त्र न्यायलयको पक्षमा रहेको बताउँदै सर्वोच्चले गरेको निर्णयमा टिका टिप्पणी गर्न नहुने बताउनु भयो ।
कांग्रेसले प्रजातन्त्र र प्रजातान्त्रिक संविधानको पक्षमा जन्मकालदेखि संघर्ष गरिरहेको बताउँदै सभापति कोइरालाले प्रजातान्त्रिक संविधानको निम्ति काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !