सर्लाहीको अत्रौली र सासापुरबाट लाखौ मुल्यको विद्युतीय सामाग्री बरामद, विद्युत सेवा साचालन भएपिछ सर्लाहीको हरिवन


बेतालीका बासिन्दा हर्षित
पुस १४ सुरेश बिडारी लालबन्दी सर्लाही
नेपाल विधुत प्राधिकरण लालबन्दी प्रशाखाले विधुत चुहावट नियन्त्रण अभियान अन्र्तगत सर्लाहीकॊ अत्रौली र सासापुरबाट भण्डै एकलाख मुल्य बराबरको विद्युतीय सामाग्री बरामद गरेको छ ।

बिधुत प्राधिकरण लालबन्दी प्रशाखा प्राविधिक मोहन श्रेष्ठ र नवलपुर प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक बासुदेव धितालको नेतृत्वमा गएको टोलिले सो मसल्य बराबरको विद्युतिय सामाग्री बरामद गरेको हो । टोलीले विद्युत चोरी गरी प्रयोग गरिरहेको पाइएपछि अत्रौली र सासापुरबाट सर्मसियल र ठूलो गरी ५ थान विद्युतीय मोटर र ३ थान मिटर र तार नियन्त्रणमा लिएको लालबन्दी प्रशाखाले जनाएकॊ छ ।

अभियानका क्रममा अत्रौली ३ का पंन्चलाल बलले विद्युत चोरी गरी मिल चलाई रहेको पाएपछि १५ हर्ष पावरको मोटर १ थान अत्रौली १ का लक्ष्मण महतोको घरबाट २ थान सोही स्थानका राम दिनेश साहको घरबाट एक थान र शाशापुरका ३ का रामआशिष महतोको घरबाट १ थान इनारबाट पानी तान्न प्रयोग गरिने मोटर र तिन थान विद्युतिय मोटर बरामद गरिएको प्रशाखा लालबन्दीका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिनुभयो । चोरी नियन्त्रण अभियान यसैगरी निरन्तर चलिरहने लालबन्दी प्रशाखाका इन्चार्ज मोहन िसंहले बताउनुभयो ।

यसैबीच झण्डै एक महिनादेखि अवरुद्ध विद्युत सेवा साचालन भएपिछ सर्लाहीको हरिवन गाविस वडा नं। १ बेतालीका बासिन्दा खुशी भएका छन् । एक महिनाअघि बिग्रेको ट्रान्सफर्मर मर्मत विद्युत प्राधिकरणले मर्मत गरिदिएपछि विद्युत साचालनमा आएको हो । गाउँमा रहेको ५० केभीको ट्रान्सफर्मरको मर्मत भएपछि बेताली सहित ढंग्रेखोला-३ केराबारीको समेत गरेर झण्डै पाँच सय घरधुरी लाभान्वित भएका छन् । हाल जडान गरिएको ट्रान्सफर्मरले भोल्टेज पनि राम्रो दिइरहेकोले स्थानीयबासिन्दा खुशी भएका हुन् । तर लोडसेडिङ समय बाहेक पनि पटक पटक बिजुली जाने समस्या भने नहटेको स्थानीयवासीन्दाले गुनासो गरेका छन् ।

उता खोटाङका विभिन्न ठाउँमा पछिल्लो समय विद्युत विस्तार भए पनि ईनर्जी मिटरको अभावमा सेवाग्राहिले वत्ति वाल्न पाएका छैनन् । जिल्लामा ३ महिना अघिबाट सकिएको विद्युत ईनर्जी मिटर अझै सम्म पनि आउन नसक्दा सेवाग्राही मारमा परेका हुन् । गाउँमा विद्युत पुगेपछि खुशी भएका उनीहरु ईनर्जी मिटरको अभावमा विद्युत प्रयोग गर्न नपाएपछि दुखि भएका छन् । विद्युत विस्तार भएको दोर्पा चिउरीडाँडा ४ बुवालुङका ७० भन्दा वढि परिवारले विद्युत प्रयोग गर्न नपाएका हुन् ।

Related

समाज दर्पण 2227451591722163342

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item