सुरक्षित सुत्केरी हुने महिलाहरुका लागि ३७ लाख सहयोग


१३पुस, चिना थापा/ सिन्धुली
सिन्धुलीको सदरमुकाम तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा गई सुरक्षित सुत्केरी हुने महिलाहरुका लागि ३७ लाख रुपैया सहयोग प्रदान गरिएको छ । सरकारको निति अनुसार स्वास्थ्य संस्थाहरुमा गई नियमित गर्भजाँच गराउने र सुरक्षित सुत्केरी हुने जिल्लाका महिलाहरुका लागि सो रकम सहयोग उपलब्ध गराईएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्वास्थ्य संस्थामा आई सुरक्षित मातृत्व सेवा लिए बापत जिल्लाको सदरमुकाम तथा ग्रामिण क्षेत्रका २ हजार ६ सय ३७ जना महिलाहरुलाई सो रकम सहयोग प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख डा। छविलाल थापामगरले जानकारी दिनुभयो ।

डा।थापामगरका अनुसार हालसम्मको तथ्याङ्क हेर्दा २ हजार ६ सय ३७ जना सुत्केरी महिलाहरुका लागि गाडिभाडा तथा गर्भजाँच बापत ३६ लाख ९१ हजार ८ सय रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले संकलन गरेको रेकर्ड अनुसार आर्थिक वर्ष ०६७÷६८ मा मात्र १ हजार ७८ जनाले स्वास्थ्य संस्थामा गई सुरक्षित सुत्केरी गराई सो बापत १५ लाख २१ हजार ८ सय ८ रुपैया आर्थिक सहयोग लिएका छन् । यस्तै आर्थिक वर्ष ०६८÷०६९ को यस अवधि सम्ममा १ हजार ५ सय ५० जना महिलाहरुले स्वास्थ्य संस्थामा गई सो सुविधा लिएका डा। थापामगरले जनाकारी दिनुभयो ।

Related

अर्थ 6795267647826484819

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item