नक्कली स्वास्थ्य उपचार केन्द्र संचालन गरेको ठहर ५ हजार जरिवानासहित एकजनालाई १ वर्षको जेल सजाय


१३ पुस कृष्ण अधिकारी/ सिन्धुली
सिन्धुली जिल्ला अदालतले सिन्धुलीमाडीमा नक्कली स्वास्थ्य उपचार केन्द्र संचालन गरेको ठहर गर्दै ५ हजार जरिवानासहित एकजनालाई १ वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले अभियुक्तलाई बचाउ गर्दै झुठ्ठा वगपत्र गर्ने एक जनालाई १ हजार जरिवनाको फैसलासमेत गरेको छ ।
यहि पौष ११ गते सिन्धुली जिल्ला अदालतका न्यायधिश हरिप्रसाद बगालेको इजलासले सर्लाही घर भइ सिन्धुलीको स्टलबजारमा नक्कली योग्यताको प्रमाण पत्र राखि स्वास्थ्य उपचार केन्द्र संचालन गरेको अभियोगमा वि.एन. भनिने बैद्यनाथ महोत्तोलाई ५ हजार जरिवाना सहित १ वर्षको जेल सजाय सुनाएको हो ।
बैद्यनाथ महत्तोले वि।ए।सी। बी।ए।एम।सी। गरेको नक्कली प्रमाण पत्रको आधारमा डाक्टर भनेर क्लिनिक संचालन गर्दै सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गरेको र ठगि गरेको ठहर गर्दै उनलाई मुलुकी ऐन ठगिको ४ नम्बर महल अनुसार ५ हजार जरिवानासहित १ वर्षको जेल सजाय सुनाएको हो ।

Related

स्थानिय 359964890374372203

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item