उपसमितीद्धारा समयभित्रै बिबादित बिषयमा सहमति जुटाईसक्ने प्रतिबद्धता, बिबाद समाधान स्वरुप कार्यदल गठन



काठमाडौ १३ पुस
संबैधानिक समिती अन्तर्गतको बिवाद समाधान उपसमितीले समयभित्रै बिबादित बिषयमा सहमति जुटाईसक्ने प्रतिबद्धता जनाएको छ । सिहदरबारमा आज बसेको उपसमिती बैठकले उपसमितिमा यसअघि भएका सहमतिलाई कडाइका साथ कार्यन्वयन गर्दे बाकी बिबादमा पनि समयमै सहमति जुटाईसक्ने सहमति गरेको हो ।

त्यस्तै आजको बैठकले विवादित विषयहरुमा सहमतिका लागी बाताबरण बनाउन उपसमिती सदस्य लक्ष्मण लाल कर्णको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदललाई भोली एक दिनको समय दिईएको छ ।

बैठक पछि उपसमिती संयोजक एबं माओबादी अध्यक्ष प्रचण्डले १५ गते भित्र सबै बिबाद टुङ्गीने बिश्वास ब्यक्त गनुृभयो । उहाले १६ गते बस्ने संबैधानिक समितिको बैठकमा उपसमितीमा सहमती भएका बिषयको प्रतिबेदन पेश गर्ने जानकारी दिनुभयो । दाहालले यसअघि सहमित जुटेका विषय यथावत नै रहने भन्दै सहमतिहरु नउल्टीनृे दाबी गनुृभयो ।

उपसमितिमा भएका सहमतिहरुमा आमन्त्रीत सदस्यहरुले अहसमति जनाएपछि आजको बैठकमा आमन्त्रीत सदस्यहरुलाई सहभागी गराईएको थिएन । बैठकमा उपसमिती संयोजक प्रचण्ड संबिधानसभाका अध्यक्ष सुबासचन्द्र नेम्वाङ समिती सदस्यहरु लक्ष्मण लाल कर्ण र कल्पणा राणाको मात्र उपस्थीती रहेको थियो ।

संबैधानिक समितीमा माओबादी पक्षका सदस्य देव गुरुङले प्रस्तावनामा जनयुद्ध लेख्नु पर्ने सम्पतिको हदबन्दी लागु गरिने ब्यबस्था गरिनुपर्ने अनिवार्य सैनिक तालिम दिनु पर्ने बिषयमा पुन छलफल गर्नुपर्ने अडान राखेपछि उपसमितीमा भएको सहमति उल्टीने देखिएको थियो ।

संबिधानसभाबाट पारित पछिल्लो कार्यतालीका अनुसार पुस १५ भित्र उपसमितीमा सबै बिबाद टुङ्गाईसक्ने र पुस २० गते भित्र विवादित विषयमा संवैधानीक समितिमा सहमति जुटाई सक्नुपर्ने उल्लेख छ ।

Related

स्थानिय 5021504601470653957

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item