विभिन्न मन्त्रालय तथा विभागका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_9557.html

काठमाण्डौ,पुस ५
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न मन्त्रालय सचिव तथा विभागका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्न आवश्यक परामर्श तथा निर्देशन दिन प्रधानमन्त्री भट्टराईले आज विभिन्न मन्त्रालयका सचिव विभागीय प्रमुख प्रहरी प्रमुख तथा नेपाल विद्युत् प्राधिकरण खानेपानी संस्थान र नेपाल टेलिकमका प्रमुखलाई बोलाउनुभएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय िसंहदरबार भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री भट्टराईले ट्राफिक प्रहरीलाई पूर्ण अधिकार सम्पन्न बनाईने बताउनु भयो । उहाँले हाल ट्राफिक प्रहरीले गरेको सडक विस्तारको कामलाई विशेष धन्यवाद दिँदै थप हौसलाका साथ काम गर्न निर्देशन दिनुभयो । सडक छेउका घरहरु भत्काउने काम मात्र भएकॊले निर्माणको कामलाई पनि तदारुकताका साथ अघि बढाउन उहाँले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभयो ।
छलफलमा मुख्य सचिव माधवप्रसाद घिमिरेले सडक विस्तारका क्रममा नेपाल विद्युत प्राधिकरण र टेलिकमलाई दु्रत गतिमा काम गर्न निर्देशन दिनुभयो । उहाँले श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई आवश्यक ऐन संशोधनको प्रकि्रयामा ल्याएरै भए पनि ट्राफिक प्रहरीलाई अधिकार सम्पन्न बनाउन निर्देशन दिनुभयो ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव डा। रामहरी अर्यालले सवारी चालककालागि यसै साताबाट अनिवार्य परिचयपत्रको व्यवस्था गरिने जानकारी दिनुभयो । छलफल कार्यक्रममा अर्थ भौतिक योजना तथा निर्माण श्रम तथा यातायात व्यवस्था स्थानीय विकास साचार लगायतका मन्त्रालयका सचिव काठमाडौ महानगरपालिका काठमाडौ नगर विकास समिति सडक विभाग नेपाल विद्युत प्राधिकरण नेपाल टेलिकमका प्रमुखहरु तथा प्रहरी महानिरीक्षकको उपस्थिति थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !