माओवादी जनयुद्धको सट्टा सशस्त्र संघर्ष राख्ने दलहरुबीच सहमति

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_695.html

काठमाण्डौ,पुस ५
संविधानको प्रस्तावनामा माओवादी जनयुद्धको सट्टा सशस्त्र संघर्ष राख्ने बिषयमा दलहरुबीच सहमति भएको छ भने प्रस्तावनामा बहुलवाद राख्ने नराख्नेवारे विबाद बढेको छ । संवैधानिक समिति अन्तरगत गठित विबाद समाधान उपसमितिको आज विहान बसेको बैठकले संविधानको प्रस्तावनामा विभिन्न शान्तिपूर्ण आन्दोलन र सशस्त्र संघर्ष उल्लेख गर्ने सहमति भएको हो ।
माओवादी जनयुद्ध मधसे आन्दोलन थरुहट आन्दोलन र जनजाति आन्दोलन लगायतलाई व्यबख्तात्मक टिप्पणीमा राख्ने सहमति पनि भएको छ । तीनवटा बिषयमा सहमति नजिक पुगिएको र आगामी बैठकवाट निर्णयमा पुगिने संयोजक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।
यस्तै संविधानमा असंशोसधनीय बिषय कति राख्ने भन्ने बिषयमा छलफल भए पनि आज ठोस निर्णय नभएको उपसमितिका आमन्त्रीत सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
सार्वभौमसत्ता राष्ट्रिय स्वाधिनता संघीयता गणतन्त्र र धर्म निरपेक्षतालाई असंशोधनीय विषयमा राख्न दलहरुबीच सहमति भए पनि बहुलवाद स्वायत्तता र स्वशासन तथा आदिवासीको अधिकारलाई असंशोसधनीय राख्ने बिषयमा विबाद छ । असंशोधनीय बिषयको सूची लामो बनाउदा संविधान रिजिट बन्ने खतरा भएकोले धेरै बिषयलाई असंशोधनीय बनाउन नहुनेमा दलहरुले सहमति जनाएका छन ।
माओवादीले भने जनताको सार्वभौम सत्ता र गणतन्त्र बाहेकका सबै विषय संशोधन गर्न सकिने जीकिरगर्दै आएको छ । उपसमितिको अर्को बैठक विहिबार बस्नेछ
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !