प्रान्तिय विधायिकाको नाम देश सभा राख्ने सहमति


काठमाण्डु,पौष,६ सिन्धुली दर्पण
संविधानसभा संवैधानिक समितिले सङ्घीय व्यवस्थापिकाको नाम प्रदेशसभा राख्ने सहमति गरेको छ । संविधानसभा सचिवालय िसंहदरबारमा आज बसेको समिति बैठकले प्रान्तिय संसदको नाम प्रदेशसभा राख्ने सहमति गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । अन्य विषयमा सहमति कायम गर्दै जाने सहमति भएको उहाँले उल्लेख गर्नुभयो ।
यसैबीच माओवादीको वैद्य समूहका सदस्यहरुले विगतमा भएका कतिपय सहमतिप्रति पुनः असहमति जनाएका छन । वैद्य समूहका देव गुरुङ खड्गबहादुर विक जयपुरी घर्तीलगायतले १८ वर्ष पुगेका व्यक्तिलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने प्रस्तावमाथि थप छलफल गर्नुपर्ने बताउनुभएको हो । संविधान जारी गर्नु अगावै समायोजनको काम सकिने भएकोले सेना समायोजनको विषय संविधानमा राख्नु नपर्ने पूर्व सहमतिप्रति पनि वैद्य समूहले आपत्ति जनाएको छ ।
बैठकमा नेमकिपाका सुनिल प्रजापति नेकपा एकीकृतका परि थापा लगायतले मतदाताको उमेर १८ वर्ष कायम गर्ने उपसमितिको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । १६ वर्ष उमेर पुगेका व्यक्तिलाई नागरिकता दिने व्यवस्था कायम रहेको अवस्थामा मतदानका लागि १८ वर्ष पुग्नुपर्ने सहमति गरिएको भन्दै उहाँहरुले विरोध जनाउनुभएको हो ।

Related

स्थानिय 3267071354638598150

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item