ग्रामिण भेगमा पनि सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था खोलिनु पर्ने



पौष,६ सुजाता ढुंगाना उदयपुर
नेपालमा महिलाहरुले गर्भपतन गराउनु रहर नभएर बाध्यता भएको कायक्रमका सहभागिहरुले बताएका छन ।सुरक्षीत गर्भपतनकालागि ग्रामिण भेगमा पनि सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था खोलिनु पर्ने पनि उनिहरुले बताएका छन । आज उदयपुर सदरमुकाम गाईघाटमा भएको सिमान्तकृत समुदायमा सुरक्षित गर्भपतन सेवाको पहुच गर्न हाम्रो दायित्व विषक अन्तरकि्रयामा सहभागिहरुले यस्तो बताएका हुन । सरकारी अस्पतालमा १००० हजार तिर्दा गरीने गर्भपतन निजी अस्पतालमा २ हजार देखि लिएर २० हजार सम्म लिने गरेको पनि कार्यक्रममा गुनासो गरीएको थियो । १०००हजार गर्भबति महिला मध्य अझ पनि उदयपुरमा २४ जना महिलाले गर्भपतन गराउने गरेको कार्यक्रममा जानकारी दिईएको थियो । विश्वमा करीब २१ करोड महिला गर्भवति मध्य ६८ हजार महिलले असुरक्षीत गर्भपतनका कारण मर्ने गरेकेाे पनि कार्यक्रममा बताईएको थियो । कार्यक्रम मानब अधिकारका लागि बातावार विकास केन्द्र हुरेण्डेकको आयोजनामा भएको हो ।

Related

समाज दर्पण 1744419434440959224

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item