नेकपा माक्स्रवादी सिन्धुलीले शसस्त्र किसान क्रान्ति गर्ने
पुस ६ सिन्धुली
नेकपा माक्स्रवादी सिन्धुलीले शसस्त्र किसान क्रान्ति गर्ने भएको छ । भिमस्थानको पैरेमा हिजो सम्पन्न कोशी प्रादेशीक व्युरोको विस्तारित वैठकले यस्तो निर्णय गरेको हो । कोशी प्रदेशका अध्यक्ष रामहरि पोख्रेलको अध्यक्षतामा वसेको वैठकले अवको अवस्थामा दिर्घकालिन शसस्त्र किसान क्रान्तिलाई कार्यनीतिको रुपमा लिँदै जनवादी राज्यव्यवस्था एक मात्र निर्विकल्प माध्यमको रुपमा शसस्त्र किसान क्रान्ति रहेको माक्स्रवादीद्धारा जारि विज्ञव्तीमा उल्लेख गरिएको छ ।
माक्स्रवादीका केन्द्रिय महासचिव गम्भिर वहादुर कार्कीको समेत उपस्थिती रहेको वैठकले जनताको जनजीवनको सवाल र भ्रष्टाचार विरोधी मुद्दाहरुलाई वर्तम्ाान आन्दोलनको मुख्य मुद्दाको रुपमा जनता समक्ष लैजाने विज्ञप्तीमा जनाइएको छ । वैठकले शसस्त्र किसान क्रान्तिको विकल्प अन्य आन्दोलन हुन नसक्ने समेत उल्लेख गरेको छ । वैठकमा माक्स्रवादीका पोलिटव्युरो सदस्य जय प्रकास भरत पोलिटव्युरो सदस्य तथा कोशि प्रदेश इन्चार्ज योगेन्द्र पराजुली लगायतको उपस्थिती रहेको कोशी प्रादेशीक समितिका अध्यक्ष रामहरि पोख्रेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item