तराईमा चिसोको कारण मर्नेको सङख्या ४० नाघ्यो, शिक्षण सस्था ठप्प


सिन्धुली दर्पण,पुष ६
शितलहरले सर्लाही लगायत पुर्वी तराई तथा मध्य पहाडको जनजिवन प्रभावित भएको छ । हालसम्म चिसोकै कारण मुत्यु हुनेको सङख्या ४० पुगेको छ । सर्लाहीमा चिसोका कारण दुइ जनाको मृत्यु भएको जानकारीमा दिएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ । रौतहटमा सबै बिद्यालय जाडोले गर्दा बन्द गरीएको छ । महोत्तरीमा चिसाले एकै गाविसका ६ सहित हिजोसम्म १५ जनाको ज्यान गईसकेको छ ।
सिरहामा चिसोले हिजो सम्मको जानकारीमा चार जनाको मृत्यु भएको छ । त्यस्तै चिसोले कठ्ङग्रीएर मर्नेको सङख्या सप्तरीमा ७ पुगेको छ । त्यस्तै त्रियुगा नगरपालिकाको वडा नं ३ ५ र ६ क्षेत्रमा अत्यधिक चिसोको कारण स्थानीय बालबालिका निमोनिया तथा टाइफाइडबाट प्रभावित हुन थालेका छन् । नगरको वडा नं ३ को बगरटोलमा मात्रै झन्डै १३ जना बालबालिका चिसोको कारण जेन्डिस तथा निमोनियाले प्रभावित भएका छन् ।
उता शितलहरबाट प्रभावित महोत्तरी धनुषा र सर्लाहीमा सेवा गर्न हात होइन मन चाहिन्छ भनाइलाई युवाहरुले व्यवहारमा उतार्ने भएका छन् । लगातारको शितलहरी कारण तराइको गरिब बस्ति प्रभावित भएको बेला प्रसाशन मौन भए पछि एस एम युथ स्पोर्टस् क्लब जनकपुरको पहलमा हेल्प नेपाल र गोल नेपालले क्लथ बैँक मार्फत गरिबहरुलाई जाडोमा कपडा बाड्न सकि्रय भएका छन् ।
देशको बिभिन्न शहरहरुबाट पुरानो कपडा संकलन गरी जाडो बाट प्रभावित गरिब बस्ती पुगेर मृत्युको मुख बाट बचाउन जनकपुर स्थित एस एम युथ स्पोर्टस् क्लबका युवाहरु सकि्रय भएका हुन् । काठमाडौ धरान बिरगाज र जनकपुरबाट संकलन गरीएको कपडा धनुषा महोत्तरी र सर्लाहीमा एक साथ बितरण गरिने क्लोथ बैँकका सदस्य दिपेन्द्र महासेठले जानकारी दिनुभयो ।
अहिलेसम्म १० बोरा कपडा संकलन भैसकेको उहाँले जानकारी दिनुभयो । यसैबीच चिसोले कठ्ङग्रीएर मर्न वाट जोगाउने व्यवस्था गर्न भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता माधव कुमार बस्नेत सहित विनोद फुयाल र सुरेन्द्र बढुले दायर गरेको रिटमा प्रधानमन्त्री र मन्त्रीपरिषदको कार्यलय र गृहमन्त्री लगायतलाई विपक्षी बनाइएको छ ।
रिटमा दैनिक जसो चिसोले कठ्याङग्रीएर मानिसको मृत्यु भैरहेकोले तीनीहरुको जीवन रक्षाको व्यवस्था गर्न विशेष आदेश माग गरिएको छ । चिसोकै कारणले बर्षैपिच्छे मान्छे मर्दा पनि राज्यले वेवास्ता गरिरहेको र अव कठ्याङग्रीएर हुने मृत्युलाई निर्मुल गर्न विषेश कोषस्थापना गरी तत्काल जीवन रक्षाको प्रकि्रया अघि बढाउनु भनि परमादेश जारी गरि पाँउ भनी रिटमा उल्लेख छ ।

Related

स्थानिय 2060012254996625621

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item