भबन निर्माणका लागी श्रम सिबिर

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_22.html
उमा पौडेल
सिन्धुली,पुस ७
सिन्धुलीको महादेबस्थान गाबिस वडा नं ३ चिसापानीमा रहेको पन्चकन्या प्रस्ताबित निमाबिको भबन निर्माणका लागि श्रम सिबिर आजबाट सुरु भएको छ । बिद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार सिबीर दुई दिनसम्म संचालन गरिने निर्णय भएको हो ।
नेपाल सरकारको सबैका लागि शिक्षा अन्तर्गत जिल्ला शिक्षा कार्यालय सिन्धुलीले यस बर्ष दुई कोठे भबन र शैक्षिक सत्र २०६७ मा सौचालय उपलब्ध गराएपछि अभिभावकहरु खुसि भएर श्रमदानमा जुटेको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काजिमान िथंगले जानकारी दिनुभयो । आजको श्रमद्धान कार्यक्रममा करीब १५० जनाको सहभागिता रहेको बिद्यालयले जनाएकॊ छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !