जुनार सहकारीको साधारण सभा सम्पन्न

ध्रुवचन्द्र खड्का
सिन्धुली,पुस ७
  जुनार उत्पादन जिल्ला सहकारी संघ लिमिटेड सिन्धुलीको प्रथम बार्षिक साधारण सभा तथा जुनार केन्द्रिय सहकारी संघ लिमिटेड तिनकुने काठमाडौको तेस्रो वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सभामा बोल्दै सहकारी वोर्डका साचालक तथा मौरी पालन सहकारी संघका केन्द्रिय अध्यक्ष एवं कार्यक्रका प्रमुख अतिथि गणेश बस्नेतले गाउँ जिल्ला र समग्र देशको विकासका लागि सहकारीको आवश्यकता रहेको औँल्याउनुभयो । सभालॆ जुनार कृषक विष्णु श्रेष्ठ र जुनार क्षेत्रमा धेरै योगदान पुर् याउनु भएका गणेश बस्नेतलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मान गरेकॊ थियो ।
जुनार केन्द्रिय सहकारी संघका अध्यक्ष दिपक प्रसाद काइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रलाद पोखरेल नेपाली काङगे्रसका कृष्ण दाहाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजकुमार श्रेष्ठ दुग्ध सहकारी संघका अध्यक्ष विष्णु गौतम लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ सस्थाका प्रतिनिधी जुनार कृषकहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको साचालन जुनार उत्पादन जिल्ला सहकारी संघका अध्यक्ष निर्मल रम्तेलले गर्नुभएको थियो ।
 

Related

स्थानिय 879106870301796948

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item