सर्लाहीमा स~ाचालन हुन लागेको हरिहर र सर्लाही महोत्सवको तीव्र तयारी हुँदै कृर्षि पयटनव्यापार व्यवसायको प्रवद्र्धन हुनुको साथै स्थानीय कलासंस्कृतिको जगेर्ना हुने आयोजकहरुको दावी

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_991.html

पुस ७ सुरेश बिडारी लालबन्दी सर्लाही
सर्लाहीको कर्मैयामा आउँदो पुष १६ गतेदेखि १८ गतेसम्म अर्थात सन २०११ डिसेम्बर ३१ देखि सन २०१२ जनवरी २ सम्म हुन गैरहेको हरिहर क्षेत्र महोत्सव २०६८ को तयारी तीव्र पारिएको छ । धार्मिक ऐतिहासिक र पर्यटकीय स्थान राष्ट्रिय स्तरमा हरिहर क्षेत्रको पहिचान भन्ने मुल नाराका साथ साचालन हुने महोत्सवको तयारी तिब्र पारिएको हो । नेपाल पर्यटन वर्ष २०११ को सचिवालयको सहयोगमा पर्यटन वर्षको समाप्तीको अवसरमा कर्मैयामा रहेको हरिहर क्षेत्रमा महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । हरिहर क्षेत्र र वुद्ध शान्ति तपोवनलाई देश विदेशमा चिनाउन महोत्सवको आयोजना गरिएको महोत्सवको तयारीका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक कमल पौडेलले जानकारी दिनुभयो । महोत्सवमा जिल्ल्ााको कृषि उत्पादन सामुदायिक वनका जडीबुटी स्थानीय सांस्कृतिक पहिचान झल्कने कार्यक्रमहरु वुद्ध गान्धि शान्ति तपोवनको झलक राष्ट्रिय स्तरका कलाकारहरुको मनोराजनात्मक सास्कृतिक कार्यक्रम हुने एमाले पूर्व जिल्ला संयोजक पन्तले बताउनुभयो । सर्लाही रौतहट बारा महोत्तरी धनुषा सिन्धुली मकवानपुर र भारतका बिहार राज्यका गरी ३ लाख मानिसले महोत्सवको अबलोकन गर्ने अनुमान गरिएको छ । यसैबीच अतिथीको सत्कार टमाटरको अचार भन्ने मुल नारा सहित लालबन्दीमा साचालन हुने सर्लाही महोत्सवको पनि तयारी सुरु भएको छ । आज प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियाले महोत्सवका बारेमा जानकारी लिनुका साथै महोत्सव स्थल लालबन्दी बस्तीपुरको खेल मैदानको अवलोकन समेत गर्नुभएको आयोजक समितिका संयोजक श्याम श्रेष्ठले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !