घाम लागेका कारण तराइ क्षेत्रको जनजीवन आज अलि सामान्य बन्यो



पुस ७ सुरेश बिडारी लालबन्दी सर्लाही
लगातारको शितलहरका कारण प्रभावित बनेको सर्लाही लगायत तराइ क्षेत्रको जनजीवन आज अलि सामान्य बनेको छ । बिहान बाक्लो हुस्सु लागेको भएपनि दिउँसो केही खुलेर घाम लागेकोले जनजीवन सामान्य बनेको हो । शितलरका कारणले घर बाहिर ननिस्केका अधिकांश सर्वसाधरणहरु घर बाहिर निस्केका थिए ।
सर्लाहीको लालबन्दी हरिवन लगायतका बजारहरुमा आज अन्य दिनको तुलनामा मानिसहरुको चहलपहल बढेको स्थानीय व्यापारीहरुले बताएका छन् । लगातारको शितलहरका कारण तराई क्षेत्रमा बालबालिका र वृद्ध वृद्धाहरु बढी प्रभावित भएका छन् । आर्थिक अभावका कारण न्यानो र बाक्लो कपडाको व्यवस्था गर्न नसक्नेहरु चिसोका कारण बढी मारमा परेका छन् ।
अन्य जिल्ल्ाामा धेरै जनाको मृत्यु भैसकेको खबर आएको भएपनि सर्लाहीमा चिसोका कारण दुइ जनाको मृत्यु भएको जानकारीमा आएको छ ।
उता दुई हप्तादेखि जाडो र शितलहरीसँग सामना गरिरहेको महोत्तरीबासीले आज दिउँसोबाट उदाएको घामले राहत पाएका छन् । घाम लागेपछि बुढाबुढी रोगीहरु र बालबालिकाले राहत पाएका छन् । महोत्तरीको नवघोषित नगरपालिका एवं प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा टाढा टाढाबाट आएका व्यापारी एवं ग्राहकले गर्दा बजारको चहलपहल बढेको छ ।
लामो समयपछि घाम उदाएकोले जिल्लाका विभिन्न भागमा रहेको पोखरी तथा नदी किनारमा नुहाउने र कपडा धुन सर्वसाधारणहरुको भीड लागेको थियो । जाडोले कठ्याङगि्रएर महोत्तरीमा आजसम्ममा २२ जनाको मृत्यु भइसकेको छ ।

Related

स्थानिय 2111338052974770915

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item