जनकपुर सुपर सिक्स कि्रकेट टुर्नामेन्ट अन्र्तगत छैंठौ दिन चार खेल सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_7309.html

सिन्धुली दर्पण जनकपुर पुष ७ गते
एसएम युथ स्पोर्टस् क्लब जनकपुरद्वारा 'हाम्रो विकेट लागुऔषध बिरुद्ध' नारा सहित जनकपुरमा जारी खुल्ला जनकपुर सुपर सिक्स कि्रकेट टुर्नामेन्ट अन्र्तगत आज छैठौ दिन ४ खेल सम्पन्न भएको छ । छैठो दिनको खेलमा आरए इन्टरनेशनल कटरैत कि्रकेट टिम महालक्ष्मी कि्रकेट क्लब र जय मा भगवती कि्रकेट टिम बिजय भएका छन् ।
आज भएको पहिलो खेलमा साई ट्रेडस्र लहानलाई आरए इन्टरनेशनलले २ विकेटले पराजित गरेको थियो । पहिले व्यटिङ्ग गरेको साई ट्रेडस्र लहानले निर्धारीत ५ ओभरमा ४ विकेटको क्षतिमा ४१ रन जोडेको थियो । प्रतिउत्तरमा आरए इन्टरनेशनलले ४।१ ओभर खेल्दै ४ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको थियो ।
आरए इन्टरनेशनलको तर्फ बाट नट आउट २१ रन बनाउन सफल राज मोहम्मद म्यन अफ द म्याच चुनिएका थिए । दोश्रो खेलमा कटरैत कि्रकेट टिमले वी।पि। काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई २१ रनले पराजित गरेको छ । पहिले व्यटिङ्ग गरेर कटरैतले निर्धारीत ५ ओभरमा ५ विकेटको क्षतीमा ५४ रन जोडेको थियो ।
प्रतीउत्तरमा वी पि काइरालाले ४।४ओरमा अल आउट हुदै ३३ रनमा सिमित भए पछि कटरैतको जित निश्चित भएको थियो । कटरैतको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने जिवछ मुखिया म्यान अफ द म्याच चुनिएका थिए । तेश्रो खेलमा जनकपुर चुरोट कारखाना कि्रकेट टिमलाई महालक्ष्मी कि्रकेट क्लबले २ रनले पराजित गरेको छ ।
जनकपुर स्थित जनकपुर चुरोट कारखानाको खेल मैदानमा जारी खुल्ला जनकपुर सुपर सिक्स कि्रकेटको छैठो दिनको अन्तिम एबम् चौथो खेलमा जय मा भगवती कि्रकेट टिमले कटरैतलाई पराजित गरेको आयोजक एसएम युथ स्पोर्टस् क्लब जनकपुरले जनाएको छ । शुक्रबार ३ खेल हुने र शनिबार फाइनल खेल हुने आयोजकले जनाएको छ । खुल्ला जनकपुर सुपर सिक्स कि्रकेट टुर्नामेन्टमा ४३ टिमको सहभागिता रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !