राजनीतिक उपलब्धि आर्थिक समृद्धिले मात्र संस्थागत हुने प्रधानमन्त्रीको भनाइ

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2490.html

सिन्धुली दर्पण,काठमाण्डौ पुस ७
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले मुलुकको राजनीतिक उपलब्धिलाई आर्थिक समृद्धिले मात्र संस्थागत गर्ने बताउनुभएको छ । आर्थिक उपलब्धि विनाको राजनीतिक परिवर्तन गौण विषय बन्ने उल्लेख गर्दै उहाँले संक्रमणकाललाई चाँडो टुंग्याउने उत्तम उपाय तीब्र र उच्च आर्थिक वृद्धिदर भएको बताउनुभयो ।
उद्योग कृषि जलस्रोत र पर्यटनमा लगानी बढाएर मुलुकमा आर्थिक परिवर्तन ल्याउन सकिने प्रधानमन्त्रीको विश्वास छ । रुपन्देही उद्योग सङ्घको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको १२ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै प्रधानमन्त्री भट्टराईले समावेशी विकास र नयाँ रोजगारी सिर्जनाका लागि उच्चदरको आर्थिक वृद्धि अनिवार्य शर्त रहेको बताउनुभयो ।
दुई छिमेकी मुलुक भारत र चीनको तीव्र आर्थिक वृद्धिदरलाई पछ्याउन नेपालले पनि आर्थिक वृद्धिदरलाई तीब्र पार्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । भारतसँग केही समय अगाडि गरिएको द्विपक्षीय लगानी प्रवद्र्धन सुरक्षण बिपा र दोहोरो कर हटाउने सम्झौता नेपालमा लगानी अभिवृद्धिका लागि गरिएको उहाँले दाबी गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !