दलितद्धारा सदन अबरुद्ध पूर्वराज्यमन्त्रीले सदनको माईक भाचे

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_2714.html

सिन्धुली दर्पण,काठमाण्डौ पुस ७
चुल्हो छोएको निहुमा हत्या गरिएका कालिकोटका मनविर सुनारका हत्यारालाई कारबाही गर्न सरकार उदासिन भएको भन्दै दलित सभासदहरुले सदन अबरुद्ध गरेका छन् । ब्यबस्थापिका संसदको आज बसेको बैठकमा नेकपा एमालेका सभासद छविलाल विश्वकर्माको नेतृत्वमा दलित सभासद्हरुले बैठक बहिष्कार गरेका हुन् ।
दलित सभासदहरुले हत्यारालाई कारबाही गर्न सरकार उदासिन भएको कारवाही गर्न माग गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग समेत गरेका छन् । गत मंसिर २४ गते कालिकोटमा होटलको चुल्हो छोएको भन्दै कुटपीट गरि हत्या गरिएको थियो । संसदको अर्को बैठक १२ गतेका लागी बोलाइएको छ ।
यसैबिच सभामुख सुवासचन्द्र नेम्वाङले संसदमा अनुचित कार्य गरेको भन्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका सभासद् एवं पूर्वराज्यमन्त्री साजयकुमार साहलाई १० दिनका लागी निलम्बन गर्नुभएके छ । आज बसेको संसद बैठकमा साहले बोल्न खोज्दा सभामुखले समय नदिएकेा भन्दै संसदको माईक भाचेका थिए । संसद बैठक लगतै सूचना जारी गर्दै सभामुख नेम्वाङले तोडफोडबाट भएको क्षतिपूर्ति साहको पारिश्रमिकबाट असुल्न पनि निर्देशन दिनु भएको छ ।
डन संजय टकलादेखि सभासदसम्म
मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन साह । पार्टी विभाजनसँगै उनी गच्छदारको पक्षमा लागेका थिए । उनले मधेश क्रान्ति नामक छुट्टै पार्टी गठन गर्ने घोषणा गरेपनि कोही पनि सभासद् उनको पक्षमा नदेखिएपछि फोरम लोकतान्त्रिकमै रहेका छन् । उनीहरुलाई फोरम लोकतान्त्रिकले न कुनै भूमिका दिएको छ न पार्टीबाट हटाउन नै ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए । विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ । ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए । विभिन्न हत्या तथा अपहरण घटनामा उनको नाम मुछिएपनि पैसा र राजनीतिक पहुँचका कारण प्रशासनले उनलाई छुन नसकेको स्थानीयबासीको भनाई छ
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !