शान्ति प्रकि्रया अघि नबढे संविधान निर्माणको काम अवरुद्ध हुने विपक्षीको चेतानवी



सिन्धुली दर्पण,काठमाण्डौ पुस ७
नेपाली काङ्गे्रस र नेकपा एमालेले शान्ति प्रकि्रयाको काम कार्यान्वयन नभए संविधान निर्माणको काम सहज ढंगले अगाडि नबढ्ने चेतावनी दिएका छन् । साथै उनीहरुले उपसमितिमा एउटा विषय सहमति हुने र संवैधानिक समितिमा त्यही विषयमा विवाद गर्ने अवस्थाले संविधान निर्माणको काम अगाडि बढ्न नसक्ने भन्दै माओवादी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
संवैधानिक समिति अन्तर्गत गठित विवाद समाधान उपसमितिको आज बसेको बैठकमा नेपाली काङ्गे्रस संसदीय दलका उपनेता प्रकाशमान िसंहले कात्तिक १५ गते भएको सात बुँदे र मङ्सिर १३ गते भएको ६ बुँदे सहमति कार्यान्वयन नभए संविधान निर्माणको काम अगाडि बढने बढ्न नसक्ने बताउनुभएको हो ।
बैठकमा उपस्थित प्रधानमन्त्री डा। बाबुराम भट्टराईले शान्ति प्रकि्रयाका काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको उपसमितिका एक सदस्यले बताउनुभयो । बैठकमा माओवादी मुख्य सचेतक देव गुरुङले भने संविधानको प्रस्तावनामै ुजनयुद्धु शब्द उल्लेख गर्नुपर्ने अडान दोहोर् याउनुभएको थियो ।
यसअघि माओवादी जनयुद्धलगायत सबै आन्दोलनलाई संविधानको व्याख्यात्मक टिप्पणीमा उल्लेख गर्ने मंगलवार भएको सहमति अमान्य हुने भन्दै माओवादी जनयुद्ध र अन्य सानातिना आन्दोलनलाई समान मान्यता दिन नसकिने गुरुङले अडान राख्नुभएको थियो । आजको बैठकमा संविधानको प्रस्तावना बहुलवाद र जनताको समावेशी लोकतन्त्र र संशोधनमा असंशोधनीय विषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेन । संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नभएपछि आजको बैठकको अध्यक्षता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको थियो ।

Related

स्थानिय 6190401914656948822

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item