मुस्तांग परिवार दक्षिण कोरियाले गर्ने "मुस्तांग सांगीतिक सौगात" कार्यक्रमको तयारी तीव्र

http://sindhulidarpan.blogspot.com/2012/01/aboad.html
टीका पुन मगर,दक्षिण कोरिया, पौष १७
-मुस्तांग परिवार दक्षिण कोरियाको आयोजनामा कोरियन नया वर्ष अर्थात् सलनालको अवसरमा यहि जनवरी २३ तारिखको दिन दक्षिण कोरिया को राजधानी सियोल सहर स्थित वोन वुलग्यो सउल हेग्वान (लाइन न. ९ हुक्सक स्टेशन गेट न.१ ) मा सम्पन्न हुन् गैरहेको मुस्तांग परिवार दक्षिण कोरियाको प्रथम प्रस्तुति "मुस्तांग सांगीतिक सौगात" कार्यक्रमको तयारी तीव्र रुपमा भैरहेको परिवारका अध्यक्ष निमा गुरुङ र कार्यक्रम संयोजक दिनेश हिराचनले बताउनु भएको छ।

उक्त कार्यक्रममा चर्चित गायक राजु लामा,हास्य कलाकार मनोज गजुरेल,नायिका तथा नृत्यांगना सौजन्य सुब्बा,लोक तथा दोहोरी गायिका सुनिता दुलाल,लोक गायक घमेश दुलाल लगायत कोरियामा रहेका स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !