सरकार परिवर्तन भन्दा शान्ति प्रकि्रया टुङगाउनु पर्छ:कांग्रेस नेताहरु

http://sindhulidarpan.blogspot.com/2012/01/political.html
काठमाडौं पुस १७
नेपाली कांग्रेसका नेताहरुले सरकार परिवर्तनको खेलमा भन्दापनि शान्ति प्रकि्रयालाई छिटो टुङगाउने पक्षमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
शिविरमा रहेका लडाकुको पुनःस्र्थापना र समायोजन हतियारको व्यवस्थापन र कब्जा गरिएका सम्पत्ति फिर्ता नगर्ने हो भने माओवादीसँग सहकार्य गर्न नसकिने नेता महतको भनाई थियो ।
नेपाली कांग्रेसका नेताहरुले सरकार परिवर्तनको खेलमा भन्दापनि शान्ति प्रकि्रयालाई छिटो टुङगाउने पक्षमा सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनीहरुले बर्तमान सरकार परिवर्तन गर्नुभन्दा शान्ति प्रकि्रयालाई कार्यतालिका र सहमति अनुसार छिटो टुङगाउन माओवादीलाई दबाव दिनुपर्ने जनाएका छन् ।
नेपाल प्रेस युनियन कास्की शालाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले शान्ति प्रकि्रया इमान्दारीपूर्वक अघि बढे एकीकृत माओवादीसँग सहकार्य सम्भव रहेको बताउनुभयो । उहाँले शान्ति प्रकि्रया विषय नटुङ्गिकन संविधान घोषणा गरिए त्यसले मुलुकमा ठूलो खतरा निम्त्याउने चेतावनी दिनुभयो । उहाँले सातबुँदे सम्झौताप्रति एमाओवादीले इमान्दारिता नदेखाएको आरोप समेत लगाउनुभएको छ ।

एक महिनादेखि माओवादीका लडाकुको पुनःस्थापना स्वेच्छिक अवकास र समायोजनका विषयमा कुनै प्रगति नभएको गुनासो गर्दै नेता महतले देशले धान्न सक्ने समानुकूल र दिगो हुन सक्ने संघीयताको स्वरुप बनाउनुपर्ने बताउनुभयो ।
त्यसै गरेर उदयपुरमा आजै भएको अर्को कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले शान्ति प्रकि्रया नटुङ्ग्याइ सविधान नबन्ने उल्लेख गर्नुभयो ।
उहाँले शन्ति प्रकि्रया नटुग्याउँदा सम्म सविधान बन्न नसक्ने बताउनुभयो । सविधान निर्माण गरेर फेरि बन्दुकको भरमा चुनाव जित्ने दाउमा माओवादी लागेको कोइरालाको आरोप थियो
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !