बुद्ध नेपालमा नै जन्मिएका हुन लुम्बिनी भ्रमण बर्ष २०१२ र लगानी बर्ष सुरु

http://sindhulidarpan.blogspot.com/2012/01/blog-post_9153.html

काठमाडौ १७ पुस
पर्यटन र आर्थिक सम्बन्धी दुईवटा बार्षिक कार्यक्रम आज बाट सुरु हुदैछ । मुलुकको पर्यटन र बिकासलाई संग संगै अगाडि बढाउने निती लिएको सरकाले लुम्बिनी भ्रमण बर्ष २०१२ र लगानी बर्ष २०१२-१३ आज बाट सुरु गर्न लागेको हो ।
लुम्बिनीको बिकासका लागी सहयोग जुटाउन सरकारले माओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा बृहत लुम्बिनी बिकास राष्ट्रिय निर्देशक समिति समेत गठन गरेको छ । त्यस्तै अन्तराष्ट्रिय लगानी भित्राउन २०१२/१३ लाई अन्तराष्ट्रिय लगानी बर्षको रुपमा घोषणा गरेको हो ।
यसैविच ल्ाण्डन स्थित बि्रटिस म्युजियमले गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारी सच्याएको छ । विश्व नेपाली साहित्य महासङ्घले दिएकेा जानकारी अनुसार गत मंसिर २५ गते तदनुसार ११ डिसेम्बरमा बि्रटिस म्युजियमले गलत जानकारी सच्याएको हो ।
पूर्वपरराष्ट्रसचिव मुरारीराज शर्माको संयोजकत्वमा गठित कार्यदलले नेपाली इतिहासको तथ्याङ्कबारे अध्ययन गरी अन्तर्राष्ट्रिय स्तरमा सुझाव दिने काम गरिरहेको महासंघले बताएको छ ।
त्यस्तै संयुक्त राष्ट्र संघको घोषणा अनुसार आज देखि सहकारी बर्ष शुरु भएको छ । संघले सन २०१२ लाई सहकारी बर्ष घोषणा गरि आफ्ना १ सय ९३ सदस्य राष्ट्रलाई सहकारी वर्ष मनाउन आह्वान गरेकेा छ । ुसहकारी उद्यम मार्फत सुन्दर विश्वु नारा तय गरिएको बर्ष भरि नेपालमा सहकारी सम्बन्धि विविध कार्यक्रम हुने सहकारी विभागका रजिष्ट्रार सुदर्शन प्रसाद ढकालले जानकारी दिनुभयो । सहकारी नीति निर्माणको काम जारी रहेको बताउँदै ढकालले सहकारी बर्षमै सहकारी ऐन बनाइने बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !