माओबादी केन्द्रिय समितिको बैठक भोलि विहान पुन बस्ने

http://sindhulidarpan.blogspot.com/2012/01/blog-post_5525.html

काठमाडौ १७ पौष
शान्ति र संविधानको बाटोलाई प्राथमिकता दिने कि जनविद्रोहको बाटोलाई प्राथमिकता दिने भन्ने विषयमा माओबादी भित्र विवाद कायमै छ । केन्द्रिय समितिको आज बसेकेा बैठकमा पनि केन्द्रिय सदस्यहरुले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्यको प्रस्तावमा फरक फरक धारणा राखेका हुन् ।
केन्द्रिय कार्यालय पेरिसडाडा केाटेश्वरमा बसेको बैठकमा आज १७ जना केन्द्रिय सदस्यले धारणा राखेकोमा अधिकांशले शान्ति र सँबिधानको मार्गलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । भोलि विहान ११ बजे पुन बस्ने गरी आजका लागि बैठक सकिएको छ ।
आज सहित ६५ जना सदस्ले आफनो धारणा राखिसकेका छन् । अघिल्ला बैठकमा पदाधीकारी र पोलिट्ब्यूरो सदस्यले धारणा राखेकाले हिजो र आज केन्द्रिय सदस्यहरुले धारणा राखेका हुन् । धारणा राख्नेक्रममा दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् ।
तत्काल जनविद्रोह संभव नभएकाले शान्ति र संविधानको बाटोलाई आधार बनाएर मात्रै सत्ता कव्जा गर्न सकिने ठहर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बावुराम भट्टराईको छ । बैद्य पक्षले भने शान्ति र संविधानको अहिलेको बाटोले पार्टीको मुल उद्धेश्य प्राप्त गर्न नसक्ने भएकाले तत्काल जनविद्रोहको तयारी गर्नु पर्ने बताउदै आएकेा छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !