जातीय आधारमा राज्य बनाउन नहुने एमाले अध्यक्ष खनालको तर्क



काठमाडौ १७ पुस
एमाले अध्यक्ष झलनाथ खनालले जातियताको आधारमा राज्य वनाउन नहुने तर्क गर्नुभएको छ । राज्य पुनस्रंरचनका विषयमा एमालले सुरु गरेकेा छलफलमा अध्यक्ष खनालले छलफल यस्तो वताउनुभएको हो । उहाँले दलहरुबीच भएको मतभेदलाई छलफल र सहमतिको बाटोमा अघि बढाउनुपर्ने तर्क गर्नुभएको छ ।

संघीयताका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न एमालेले भक्तपुर बोडेस्थित कृषि विकास बैंकको प्रशिक्षण केन्द्रमा एमालेका छलफल चलाएको छ । छलफल दुई दिनसम्म चल्ने एमालले जनाएको छ ।

त्यस्तै राजधानिमै आयोजीत कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले पनि जातिय आधारमा राज्य निमार्ण गर्नु गलत हुने दावी गर्नुभएकेा छ । माओवादीले जातिय राज्यको वकालत गरीरहदा माओवादीकै प्रभावशाली नेता पौडेलले भने विसुद्ध जातियताको आधारमा गरीने पुर्नसंरचनाले मुलुकमा द्धन्द निम्त्याउने तर्क गर्नुभएको हो । पारदर्शी खवर पत्रिकाको आज राजधानीमा विमोचन गर्दै पौडेलले सवै जातिलाई वरावरी अधिकार हुने गरी नेपालको विशेषता झल्कने राज्यको परिकल्पना आफुहरुले गरेकेा वताउनुभयो ।

काग्रेस कोषाध्यक्ष चित्रलेखा यादवले जातियताको आधारमा राज्य निमार्ण गरीए घातक हुने चेतावनी दिनुभयो । उत्पीडनको अन्त्य गर्ने नाममा जातिय आधारमा राज्य निमार्ण गर्दा आन्तरीक द्धन्द निम्तीन सक्ने तर्फ सजक हुनुपर्नेमा यादवले जोड दिनुभयो । साथै उहाँले राजनितिक इमान्दारीता भएमा तोकिएको समयमा संविधान निमार्ण हुने दावी गर्नुभयो ।

एमाले पोलिटब्यूरो सदस्य प्रदिप ज्ञवालीले नेपालमा जातिय राज्यको कल्पना गर्न नसकिने तर्कगर्नुभएको छ । परिवर्तन गर्ने नाउँमा कसैलाई काखा र पाखा गर्न नहुने उहाँको भनाई थियो । संविधानविद चन्द्रकान्त ज्ञवालीले राज्य शक्तिको वाडफाड समितिले तयार पारेकेा १४ प्रदेश नेपालको लागी उचित नभएको तर्क गर्नुभयो ।

जाति र भाषाको आधारमा राज्य निमार्ण गर्दा द्धन्द हुने तर्क गर्दै ज्ञवालीले श्रोत र भुगोललाई आधार मानेर गर्नु उपयुक्त हुने सुझाव दिनुभयो । फेसिय मडिया प्रालिको प्रकाशनमा सुरु भएको पारदर्शि खवर साप्ताहिकले सत्यतामा आधारीत रहेर खोजमुलक खवरलाई प्रकाशन गर्ने प्रधानसम्पादक जितेन्द्र जिसीले जानकारी दिनुभएको छ ।

Related

स्थानिय 6687540909704917573

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item