विवाद समाधान उससमितिको वैठकमा सहमति जुट्न बाँकि रहेका विषयमा छलफल



काठमाण्डौ १७ पुस ।
विवाद समाधान उससमितिको वैठकमा सहमति जुट्न बाँकि रहेका विषयमा छलफल भएको छ । सिहदरबारमा आज वसेको बैठकमा शासकीय स्वरुपका बिषयमा समान्य छलफल भएपनि कुनै सहमति भने भएन । आजको वैठकले विवादको टुङो लगाउने जिम्मा शिर्ष नेताहरुलाई दिएको छ ।
आजको वैठकमा भोली शिर्ष नेताहरुको वैठक वसेर विवादित विषयमा सहमति जुटाउने निर्णय पनि गरेको छ । संविधानिक समितिको हिजोको वैठकले शाशकिय स्वरुप लगाएतका विवादित विषयमा सहमति जुटाउन दुई दिनको समय थप गरे पछि आज समितिको वैठक वसेकेा हो ।

यसैविच काग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले प्रुेन्च मोडलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र सदनबाट निर्वाचित प्रधानमन्त्री राख्ने विषयमा सहमति नभएको दावी गर्नुभएको छ । वैठक पछि पत्रकारहरुसँग नेता पौडेलले विभिन्न कोडवाट छलफल भएपनि सहमति नभएको वताउनुभएको हो ।

दलहरुविच मिश्रित निर्बाचन प्रणालीमा सहमति भएपनि त्यसको अनुपाल र संविधानमा असंशोधनीय विषयलाई राख्ने कि नराख्ने भन्नेमा सहमति भएको छैन । पछिल्लो कार्यतालिका अनुशार राज्य पुर्नसंरचना वाहेक अन्य विषयमा पुस २० गते भित्र सवै विषयमा सहमति जुटाउनु पर्नेछ ।

Related

स्थानिय 4121085716400329230

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item