संबिधान पछि मात्रै संविधान ः काग्रेस नेता

http://sindhulidarpan.blogspot.com/2012/01/blog-post.html

काठमाडौपुस १७
काग्रेसका नेता रामशरण महतले शान्ति र संविधान निर्माण प्रकि्रयालाई अगाडी बढाउन नसके बर्तमान सरकारको विकल्प खोज्न काँग्रेस बाध्य हुने स्पस्ट पार्नुभएको छ । बर्तमान सरकार बदल्ने सोचमा आफुहरु नभएपनि मुलुकको मुख्य मुद्धा शान्ति र संबिधानमा कुनै प्रगति नभए बिकल्प खोज्न बाध्य हुने स्पस्ट पर्नुभएको हो ।
नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता महतले शिविरमा रहेका लडाकुको पुनःस्र्थापना र समायोजन तथा कब्जा गरिएका सम्पत्ति फिर्ता नगरेसम्म माओबादीसँग सहकार्य नहुने वताउनुभयो ।
त्यस्तै कागे्रसका अर्का नेता शेखर कोईरालाले शान्ति प्रकि्रया नटुंगिएसम्म संविधान बनाउन नहुने जीकिर गर्नुभएको छ । प्रेस युनियन उदयपुरले आज गरेको पत्रकार भेटघाटमा नेता कोईरालले शान्ति बिनाको संबिधानको कुनै अर्थ नरहने तर्क गर्नुभएको छ । कांग्रेसलाई आत्मनिर्णयको अधिकारसहितको राज्य पुनरसंरचना मान्य नहुने उहाँको दावी थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !