सिन्धुलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने


पारखी माइला तामाङ,सिन्धुली ,पुस १८

'बहुसाँस्कृतिक पहिचान नेपालको स्वाभिमान, समान र सम्मानका लागि जागरण अभियान' भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ सिन्धुलीले 'ल्होछार साँस्कृतिक महोत्सव- २०६८' को आयोजना गर्ने भएको छ ।
आज सिन्धुलीमाढीमा सम्पन्न घेदुङको आठौं पूर्ण बैठकले आउँदै गरेको तामाङसमुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछार अन्तर्गत २८४८ औं 'डुक' ल्होछारको अवसर पारेर आउँदो माघ २० देखि २६ गतेसम्म सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौरमा ७ दिने ल्होछार साँस्कृतिक महोत्सव गर्ने निर्णय गरेको हो ।
महोत्सवको तयारीका लागि घेदुङका केन्द्रीय सचिव तथा जिल्ला अध्यक्ष काजीमान थिङ तामाङको संयोजकत्वमा ८१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको बैठकपछि आजै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
'आदिबासी जनजातिको परम्परागत ज्ञान, शीप, कला र प्रविधिहरुको प्रवद्र्धन गर्न, स्थानीय कला सँस्कृतिको जगेर्ना गर्न, आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गराउन, साँस्कृतिक तथा जातीय पहिचान सहित सशक्तिकरणमा टेवा पुर्याउन महोत्सवको आयोजना गर्न लागेका हौं' पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक काजीमान थिङ तामाङले भन्नुभयो ।
महोत्सवमा आदिबासी जनजाति समुदायको साँस्कृतिक झाँकी, डम्फु लगायतका साँस्कृतिक बाजाहरु, ऐतिहाँसिक तथा महत्वपूर्ण तामाङ पुस्तक र पत्रपत्रिकाहरु, ग्रामीण उत्पादन एवं आविष्कारहरु, कृषिजन्य उत्पादनहरु, जटीबुटी, परम्परागत जातीय भेषभूषा लगायतको प्रदर्शनी रहने जनाइएको छ ।
त्यसैगरी महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति प्राप्त कलाकारहरुद्वारा गीत संगीत, लोकदोहोरी नृत्य तथा हाँस्यव्यङ्ग्य प्रश्तुत, तामाङ तथा आदिबासी जनजाति चलचित्र प्रदर्शन, वाल उद्यान जस्ता मनोराजनका कार्यक्रमहरु समेत रहने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
महोत्सवको अवलोकन गर्न करीब ५ लाख दर्शकको सहभागिता रहने आशा आयोजकले लिएको छ भने महोत्सवको लागि करीब २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै महोत्सवको लागि जिल्ला विकास समिति, कमलामाई नगरपालिका, जिल्लाका सबै ५३ गाबिस र सरोकारवाला सबैलाई आर्थिक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा हुन गइरहेको महोत्सवको सहआयोजकमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल सिन्धुली, नेपाल तामाङ संघ सिन्धुली, नेपाल लोकतान्त्रिक तामाङ संघ सिन्धुली, नेपाल तामाङ स्वशासित संघ (एकीकृत) सिन्धुली, तामाङसालिङ स्वायत्त राज्य परिषद सिन्धुली र प्राङबोला छार न्हान सिन्धुली रहेका छन् ।
'ल्हो' भनेको 'वर्ष' र 'छार' भनेको 'नया' हो । तसर्थ ल्होछारको अर्थ 'नया वर्ष' भन्ने हुन्छ । जसलाई विभिन्न १२ वटा जीवजनावरहरुको नामबाट नामाकरण गरिएको छ ।
ल्होछार नेपालका आदिबासी जनजाति समुदायहरुमध्ये तामाङ, गुरुङ, शेर्पा, मगर, ह्योल्मो, थकाली लगायतका जातिहरुको महत्वपूर्ण साँस्कृतिक पर्व हो । यद्यपि ती समुदायहरुले ल्होछार पर्वलाई तिथि र मितिको आधारमा फरक-फरक समय र दिनमा मनाउदै आइरहेका छन् ।
तामाङ समुदायले भने माघशुक्ला प्रतिपदाको दिनलाई ल्होछारको प्रारम्भिक दिनको रुपमा मान्दै आएको छ । उक्त दिन यस वर्ष माघ १० गते परेको छ । उक्त दिनबाट तामाङ सम्बत अनुसार २८४७ वर्ष सकेर नया वर्ष २८४८ डुक/मु ल्होछार (Dragon New Year) को प्रारम्भ हुनेछ । जसलाई तामाङ समुदायले विविध कार्यक्रमहरु आयोजना गरी मनाउन गइरहेका छन् ।

--

Related

विविध 1082528377039845217

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item