जुनियर युवा रेडक्रसको मेरुदण्ड

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_2359.html
मिनकुमार दाहाल,सिन्धुली,फागुन १५
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिव थापाले जुनियर युवा रेडक्रसको मेरुदण्ड भएको वताउनुभएको छ । सिन्धुलीमा आयोजना गरीएको जुनियर युवा रेडक्रसको ३२ औं राष्ट्रिय गोष्टीको आइतवार उद्घाटन गर्दै अध्यक्ष थापाले सो कुरा वताउनुभएको हो । विपत्तिमा परेकाहरुको लागी निःस्वार्थ रुपले उद्धार र मानविय सहयोग आउने युनियर युवा रेडक्रस सर्कलको वयान गरेर नसकिने वताउँदै अध्यक्ष थापाले भने युवा सर्कलमा काम गर्ने युवाहरु भोलीका दिनमा रेडक्रसको नेतृत्वमा पुग्ने शक्ति हो । शसस्त्र द्धन्दकालमा युनियर युवा रेडक्रसले चितवनको माढीमा विपत्तिमा परेका मानिसहरुको उद्धारमा खेलेको भुमिका स्मण गर्दै राष्ट्रि तथा अन्तराष्ट्रिय स्तरमा नेपालका जुनियर युवाको मुल्याकन हुने गरेको थापाले वताउनुभयो ।
मानविय हितको लागी काम गर्ने जुनियर युवा रेडक्रसको साथमा नेपाल रेडक्रस सोसाइटी जस्तो सुकै परिस्थीमा पनि सहयोग गर्ने वताउनुभयो । जुनियर युवा रेडक्रसले द्धन्दकालमा ततष्ट र निश्पक्ष भएर आफ्नो भुमिका प्रभावकारी गराउन सफल भएकोले सवै क्षेत्रले रेडक्रसलाई सहयोग र माया गर्ने गरेको दावी थापाले दावी गर्नुभयो । रेडक्रसको चिन्ह अंकित झण्डा वोकेर हिड्ने मानिसहरुलाई युद्ध गस्त क्षेत्रमा पनि कसै केही नगर्ने उहाँले वताउनुभयो ।
विपत्तिमा परेका मानिसहरुको उद्धार गर्नु जुनियर युवा रेडक्रसको पहिलो दायित्व भएकोले शसक्त भएर मानविय सेवामा लाग्न अध्यक्ष थापाले कार्यक्रममा उपस्थित जुनियर युवा रेडक्रस कर्मीहरुलाई निर्देशन दिनुभयो । नेपाल रेडक्रस सोसाइटी मानविय हितको लागी सहयोग गर्न स्थापित संस्था भएकोले यसलाई सवैले सहयोग गर्न अध्यक्ष थापाले आग्रह गर्नुभएको थियो । रेडक्रसको मेरु दण्ड जुनियर युवा रेडक्रस कर्मीको नेतृत्व विकासको लागी प्रशिक्षण तालीमको कार्यक्रमहरु संचालन गर्ने तयारी भैरहेको अध्यक्ष थापाले वताउनुभयो । कार्यक्रमको एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज वसन्त माझी,नेपाली काग्रेसका सभापति मोहन वराल,नेकपा एमालेका अध्यक्ष कमलजंग राइले सफलताको शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रमा भाग लिन ४३ जिल्लावाट एक शिक्षक नायक र दुई जना जुनियर युवाहरुको सहभागीता रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !