काठमाण्डूमा फ्लप, मोफसलमा हिट

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_247.html
काठमाडौं,फागुन १५
‘आइएम सरी’ दोस्रो साताको आम्दानीले अभिनेता आर्यन सिग्देलको एस्थेटिक अडिएन्स स्पष्ट गरेको छ । १६ दिनसम्म डेढकरोड लगानीको लभस्टोरी सिनेमा १.६८ करोडमा ग्रस मार्क छ । दुई साता दुई दिनको कूल सेयरमध्ये ‘आइएम सरी’को ९४ प्रतिशत आम्दानी पुरै मोफसलबाट, त्यसमा पनि सिंगल थिएटरबाट छ । सिनेमाको ब्यापारले भन्छ –आर्यन सिग्देल अब मल्टिप्लेक्सका हिरो रहेनन्, उनी अब सिंगल थिएटरका मात्र हिरो हुन् । उनको फेसभ्यालु सिंगल स्क्रिनमा मात्र बिक्न थालेको छ –ब्यापार यस्तै भन्छ ।

सिनेमाले लगानी उठान तीन करोडभन्दा माथि ग्रस कलेक्सन गर्नुपर्छ । केकी अधिकारी र आर्यन सिग्देल स्टारर सिनेमामा हरि महत र सुनिल मानन्धरले लगानी गरेका हुन् । सुनिल स्वयम लगानीकर्ता र वितरक भएकाले सिनेमाको वितरण लागत पनि ग्रसमा जोडिएको हो । त्यसकारण, ‘आइएम सरी’ ग्रस र नेटको अन्तर कम छ । लभस्टोरी सिनेमा माघ २७ मा अलनेपाल रिलिज भएको थियो । - मेरोसिनेमा,
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !