जनजातिमा मगर

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_27.html

बि.बि.आले पोखरा
नेपाल विविध जातजातिको मुलुक हो । २०५८ सालको जनगणनाको तथ्याङ्क अनुसार नेपालमा १०१ जाति ९२ भाषाभाषी १० वटा भन्दा बढी धार्मिक समुदाय रहेका छन् । यिनै जातजाति मध्ये आदिवासी समुदायमा सबै भन्दा बढी जनसंख्या भएको जातिको रुपमा रहेका मगर समुदाय हो । सरकारी आकडा अनुसार कुल जनसख्याको ७.१४ प्रतिशत
जनसंखया रहेको यस जातिको बास्तविक जनसंख्या अझै निक्र्योल भएको छैन ।
हिजो आज केही मगर विद्वानहरुले अधिराज्यभरमा मगरहरुको करीव ४५ लाखको हाराहारीमा जनसंख्या रहेको अनुमान गरेका छन् । नेपालको रैथाने जाति मगरहरु सातौ शताब्दी भन्दा नै अगाडि मंगोलीयाबाट घोडचडीको रुपमा यस भू–भागमा आएको अनुमान छ । यो जाति नेपालका सबै जिल्लाहरुमा रहेका छ । नेपाल बाहेकका भुटान, भारत बर्मामा समेत यी जातिहरुको घना वस्ती भएको पाइन्छ । हाम्रो पुरानो इतिहास हेर्ने हो भने राप्ती र गण्डकीको बिचको भू–भागमा मगरहरुको आफ्नै जातिद्वारा शासित मगर गणराज्यहरु थिए । वाह्रमगराँत अर्थात बाह्रथुम र अठारमराँत राज्यहरु आफ्नै प्रकारको राजनीतिक व्यवस्था थियो ।
तत्कालीन गोर्खा राज्य समेत यही मगराँत राज्यभित्र पर्दथ्यो । त्यसैले पृथ्वीनारायण शाहले आपूmलाई मगराँतको राजा हुँ भनेर मगरहरुको अधिकार खोसेका थिए । इतिहासमा आ
फ्नै राज्य खडा गरेर शासक बनेका मगरहरु अहिले देश विहिन नागरिकको रुपमा रहन वाध्य भएका छन् । विशेष गरी पृथ्वीनारायण शाहको फौजी कारवाही र नेपालमा राजपूतहरुको आगमनपछि आफ्नो राज्य गुमाएका मगरहरु सेना र प्रहरीका उच्च तहमा पुगे पनि नीति निर्माण तहमा पुग्न सकेका छैनन् । नेपालको प्राचिन मगर जाति राज्यको नीति निर्माण तहबाट सदियौंदेखि विमुख भएर बाँच्न बाध्य भएता पनि इतिहासको कालखण्डमा मगरहरुले देशको निम्ति संघर्ष गरेको धेरै उदारहरण पाइन्छ ।
प्रथम शहीद लखन थापा मगरले वि.सं. १९२७ मा पुरानो गोरखगण मगर पल्टन छाडी आफ्नै पहलमा गोर्खाको बुङकोटमा राणाशासन विरुद्ध पहिलो, जनविद्रोह गरेका थिए । वि.स. १९३३ जंगबहादुरको फौजीसँग बुङकोटको भिडन्तमा पराजयपछि १९३३ फागुन २ गते जंङ्गबहादुर राणाको नेतृत्वमा लखन थापामगरलाई रुखमा झुण्ड्यार मारेका थिए । यसरी हेर्दा जातीय मुक्ति भन्दा पनि समग्र देशको लागि इतिहासमा नै प्रथम जनविद्रोह गर्ने मगर जाति नै रहेको छ । तर पनि निश्चित उद्देश्य सहितको साँगठनिक प्रक्रियाको थालनी भने त्यसबखन मगरहरुमा रहेका पाईएन् । आज भने ५४ वर्ष अधि अर्थात २०१४ सालतिर आफ्नो समाजको उत्थानको लागि स्व.जिने आलेमगर स्व. एक
देव आलेमगर (तनहूँ) रणबहादुर आलेमगर (गोरखा) आदिकवि जीतबहादुर सिँजालीमगर (स्याङ्जा) हरुले सक्रिय मगर मगरहरुलाई भेला गराई आ–आफ्नो क्षेत्रमा मगर सुधार समिति खोली मगर समुदायलाई चेतना दिन काम गरेको र त्यसै बेलातिर गुल्मी भार्सेमा पनि गिरिप्रसाद बुढाथोकी मगरलगायका मगरहरुले पनि मगर समाज सुधार संघ गठन गरेको पाईन्छ । साँगठानिक हिसाबले हेर्दा मगरहरु २०१२÷१३ सालदेखि नै जमघट हुन थालेको तथ्य रहेको भेटाइन्छ । गुल्मी जिल्लाको भारनी र तनहुँ जिल्ला लगायका अन्य ठाउँहरुमा मगर सुधार समिति गठन गरी संगठित भएर अगाडि बढेको र मगर जातिहरु भित्र रहेका कुरुती, विकृति र विसंगति हटाउन शुरुका दिनहरुमा मगर सुधार समितिहरु लागि परेको देखिन्छ । पछि २०२२ सालतिर नेपाल अधिराज्यबाट काठमाडौंमा पढ्न गएका मगर विद्यार्थीहरु संञ्जिवनी माविमा वनभोजको रुपमा भेला भएर लाङ्धाली परिवार गठन गरी मगरहरुको साँगठानिक प्रक्रिया अगाडी बढाएको पाउन्छौं ।
त्यस पछि वि.सं. २०२८ सालमा काठमाडौंमा लाङ्घाली परिवार गठन भएको र वि.सं.२०३२ सालमा रु
पन्देहीमा कानुङ लाङ्घाली परिवार गठन गरेको देखिन्छ । यसरी मगरहरुको संगठन जुट्ने र समयक्रममा हराउने गर्दा वि.सं. २०३६ सालमा डा. हर्षबहादुर बुढामगरको नेतृत्वमा काठमाडौंमा लाङ्घाली परिवार तदर्थ समितिको गठन भयो । यसरी विभिन्न जिल्ला र क्षेत्रमा गठन हँुदै, साँगठित हुँदै आरोह अवरोह पार गर्दै स्थापना भएको मगर जातीय संघहरुले वि.सं. २०३८ साल माध २८ र २९ गते रुपन्देहीको आयोजनमा कालिका माथि बुटवलको प्राङ्णमा अधिराज्यभरिका मगरहरुको ऐतिहासिक सम्मेलन गरी भू.पू. इस्पेक्टर हेमबहादुर पुनमगरलाई नेपाल लाङ्घाली परिवार संघ तदर्थ समितिको अध्यक्षमा चयन गराइयो ।
लगतै वि.सं. २०३९ साल फागुन १५ देखि १७ गते तनहुँ जिल्लाको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न गराई भूपू इस्पेक्टर हेमबहादुर पुनमगर संस्थापक अध्यक्षको विधिवत् रुपमा सबल सक्षम नेतृत्वको चयन गरेको पाइन्छ । दोस्रो राष्ट्रिय महाधिवेशनले वि.सं. २०४२ फागुन १६ र १७ गते मकवानपुरको हेटौडामा श्री कविराज पुनमगरलाई अध्यक्षको रुपमा र तेस्रो राष्ट्रिय महाधिवेशनले वि.सं. २०४५ चैत्र २६ र २७ गते बाँकेको नेपाल गञ्जमा श्री मानध्वज रानामगरलाई अध्यक्षको रुपमा सबल सक्षम नेतृत्वको चयन गरेको थियो भने, चौथो राष्ट्रिय महांधिवेशनले वि.सं. २०४८ माघ १० र ११ गते काठमाडौंमा श्री गोरेवहादुर खपाँगीमगरलाई केन्द्रीय समितिको अध्यक्षको नेतुत्वमा चयन गरेको थियो । जुन अवस्थामा चौथो राष्ट्रिय महाँविेशनले मगरहरुको साझा सं
गठनको अरुपमा अवस्थित नेपाल लाङ्घाली परिवार संघलाई नेपाल मगर संघको नाममा रुपान्तर गरिएको थियो ।
यसैगरी नेपालमगर संघको पाँचौ राष्ट्रिय महाधिवशेनले २०५१ फागुन २६ देखि २९ सम्म दाङको घोराही, छौटौ राष्ट्रिय महाधिवेशन २०५४ फागुन १५ देखि ८ सम्म नवलपरासीको कावासोती, हात्तीखोरमा र सातौ राष्ट्रिय महाधिवेशन २०५७ पाmगुन २१ देखि २३ सम्म सुनसरीको धरानमा सम्पन्न गरी अध्यक्षमा श्री गोरेबहादुर खपाँगीमगरकै नेतुत्वमा रहेको पाइन्छ । वि.सं. २०६० फागुन १२ देखि १६ सम्म कैलालीको टिकापुरमा आठौं राष्ट्रिय महाधिवेशनले श्री यामबहादुर बुढाथोकी मगरलाई केन्द्रीय समितिको अध्यक्षको रुपमा सवल सक्षम नेतृत्वको चयन गर्न सफल भएको थियो । वि.सं. २०६४ सालमा जेष्ठ ५ देखि ९ गते सम्म काठमाडौंको कंलकी पार्टी प्यालेन्समा भएको नेपाल मगर संघ केन्द्रीय समितिको नौ राष्ट्रिय महांधिवेशनले श्री झकबहादुर थापामगरलाई नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्षको रुपमा सवल सक्षम नेतृत्वको चयन गर्न सफल भएको छ । वि.सं. २०६८ साल मंसीर २४ देखि २९ मा दशौं राष्ट्रिय महाधिवेशनले उशि, plz, publish garedinu hola 15 magar diwas
मगर संगठनको ऐतिहासिक पृष्ठभूमि र फागुन –१५
पूर्णबहादुर रानामगर

“जहाँ मगर त्यहाँ नेपाल मगर संघ, जहाँ मगर पहिचान त्यहाँ मगराँत स्वायत्त शासन” उद्धोषका साथ नौ बुँदे गुल्मी तम्घास घोषणा पत्र २०६८ जारी गर्दै उक्त महांधिवेशनमा श्री महेन्द्र थापा मगरलाई नेपाल मगर संघको केन्द्रीय समितिको अध्यक्षको रुपमा सवल सक्षम नेतुत्वको चयन गर्न सफल भएको छ । उक्त कार्यक्रममा ६९ जिल्लाका प्रतिनिधि, पाँच भातृ संगठन र विदेशस्थित मगर संघ संस्थाहरु सहित ६ सय जना प्रतिनिध र पर्यवेक्षकहरु रहेका थिए । नेपाल मगर संघ केृन्द्रीय समितिले सम्पूर्ण मगरहरुलाई एकताको शुत्रमा बाध्ने काम गरेको छ ।
कास्की जिल्लाको हमा २०५८ को जनगणना अनुसार कास्की जिल्लामा मगर जातिको संख्या २३,५२२ रहेको, हाल ३५ हजार देखि ४५ हजारको हाराहारीमा मगर जाति रहेको मगर विद्वानहरुको अनुमान छ । वि.सं. २०४९ सालमा मंसिर ६ गते नेपाल मगर संघका केन्द्रीय महांसचिव प्रा.लोकबहादुर थापमगर एवं केन्द्रीय कोषाध्यक्ष मनवीर गर्वुजा मगरको आतिथ्यमा मनकामना मन्दिर (चिप्लेढुङ्गा) पोखरामा बृहत भेलाले क्या. कष्णबहादुर थापामगरलाई नेपालमगर संघ, तदर्थ जिल्ला समिति कास्कीको अध्यक्ष पदमा चयन गराएको थियो । वि.सं. २०५० साल चैत्र २९ गते नेपाल मगर संघ कास्की जिल्लाको ऐतिहासिक प्रथम जिल्ला अधिवेशन केन्द्रीय भूपू अध्यक्ष ई. हेमबहादुर पुनमगर र महासचिव सुरेश आलेमगर कोषाध्यक्ष मनवीर गर्वुजामगर र सदस्य केशर पुनमगरको आतिथ्यमा शान्ति वनवाटिका (वैरागी वन) मा क्या. कृष्णबहादुर थापामगर अध्यक्षमा मनोनित भई नेपाल मगर संघ कास्कीको पूर्णरुपमा वैधानिकता प्राप्त गरेको पाइन्छ । वि.सं. २०५३ जेष्ठ ५ गते दोस्रो जिल्ला अधिवेशन नेपाल मगर संघ केन्द्रीय अध्यक्ष गोरेवबहादुर खपाँगी मगरको प्रमुख आतिथ्यमा पोखरा सभागृहमा र वि.सं. २०५५ वैशाखा १९ गते तेस्रो जिल्ला अधिवेशन नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष बमकुमारी बुढामगरको प्रमुख आतिथ्यमा पोखरा सभागृह र वि.सं. २०५७ वैशाख ३० गते चौथो जिल्ला अधिवेशन केन्द्रीय अध्यक्ष गोरेबहादुर खपांगीमगरको प्रमुख आतिथ्यमा पोखरा सभागृहमा सम्पन्न गर्दै वि.सं २०६० फागुन २ देखि ३ गते पाँचौजिल्ला अधिवेशन नेपाल मगर संघ केन्द्रीय भूपू अध्यक्ष हेमबहादुर पुन मगर र भूपूु महांसचिव झकबहादुर थापा मगरको प्रमुख आतिथ्यमा पोखरा रंगशालामा उद्घाटन सत्र र बन्द सत्र रामबजार इकाई समितिको भवनमा सम्पन्न गरी क्या. कृष्णबहादुर थापामगर नेपाल मगर संघ कास्कीको जिल्ला अध्यक्षमा चयन हुनु भयो । वहाँले आफ्नो जीवनको आधा अंश नै मगर जातिहरुको विकास र उन्नतिको लागि खर्चेको कारण कास्की जिल्ला नमूनाको रुपमा रहनु, अधिराज्यभरिमा उस्कृत जिल्लाको रुपमा स्थापित हुनु वहाँको अनवरण प्रयासको उपज हो भन्नुमा दुईमत नहोला । वि.सं. २०६८ पौष २३ र २४ गतेमा नेपाल मगर संघ, कास्की जिल्लाको छैठौं अधिवेशनमा नेपाल मगर संघ कास्कीको हलमा सम्पन्न गरी श्री पूर्णबहादुर रानामगर नेपाल मगर संघ कास्कीको अध्यक्ष पदमा चयन हुनु भयो । नेपाल मगर संघ कास्कीले आफ्नो मातहतमा ३४ इकाई समितिको विस्तार गरिसकेको, नेपाल महिला संघ कास्की, विद्यार्थी संघ र यूवा संघ पनि भातृ संगठनको रुपमा रहेका छन् । स्थापनाकाल देखि नै मगर दिवस फागुन १५ लाई नेपाल मगर संघ कास्कीले ऐतिहासिक दिनको सम्मझनामा विविध कार्यक्रमका साथ सम्पन्न गर्दै आइरहेको अवस्थामा नेपाल मगर संघले २९ औं बसन्त पार गर्दै ३० औं मगर दिवस फागुन १५ मनाउने आव्हानमा नेपाल मगर संघ कास्कीले पनि विशेष कार्यक्रमका साथ २०६८ सालको ३० औं मगर दिवस फागुन १५ मनाइरहेको छ ।
यसरी २०११÷१२ साल तिरबाट संगठन खोलिन सुरु भएको मगर जातीय सामाजिक संस्थाले विभिन्न समय र बेलावखतमा सरकारी दमन, जातीय साम्प्रदायिक लाञ्छाना, सबै खाले विरोध र अवरोध तथा उत्पीडन सहेर सामना गर्दै झण्डै ३० वर्षको अन्तरालमा हाम्रा अग्रणी पूर्वजहरुले २०३९ साल फागुन १५ गतेका दिन गण्डकी अञ्चल तनहुँ जिल्लाको सदरमुकाम दमौली वजारमा अधिराज्य भरिबाटै प्रतिनिधिमूलक रुपमा मगर नेतृत्वहरुको भेला गराई प्रथम राष्ट्रिय महाधिवेशन औपचारिक रुपमा मगर जातीय संस्थाको विधिवत जन्म भईसकेको अवस्थामा हाल १० औं राष्ट्रिय महाधीवेशन देखि २३ औं राष्ट्रिय सम्मेन पार गरी मगरहरुलाई सामाजिक चेतना र हक अधिकारको खोजी र उत्थान हुने काममा संगठित गराईरहेका अवस्थामा यसै दिन अर्थात फागुन १५ लाई हरेक बर्ष मगरहरुले ऐतिहासिक तथा गौरवमय दिनको रुपमा आफ्नो पहिचान दिन भेषभूषा, भाषा संस्कृति, झाँकी, खेलकूद, मौलिक परम्परा आदिको पदर्शन गर्दै उक्त दिनलाई मगर दिवसको रुपमा नेपाल मगर संघले यो दिवस भव्यरुपमा मनाउंदछन् । नेपाल सरकारले यो दिनलाई सार्वजनिक विदाको रुपमा घोषणा गरेर यहाँको रैथाने जाती मगरहरुलाई सम्मान गर्नु पर्दछ । यो शुभ अवसरमा मगर दिवसको सन्दर्भमा सम्पूर्ण मगर तथा सुभचिन्तकहरुमा हार्दिक शुभकामना ।
(लेखक नेपाल मगर संघ कास्कीका अध्यक्ष हुनुहुन्छ)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !