७४ जिल्लाका जुनियर रेडक्रसकर्मी सिन्धुलीमा

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_9734.html
उमा पौडेल/अन्जु तामाङ सिन्धुली फागुन १४
'जुनियर युवा ,सशक्तिरणले ल्याउछ मानविय सेवामा ठुलो टेवा' भन्ने मुल नाराको साथ नेपाल रेडक्रस सोसाईटी राष्ट्रिय जुनियर गोष्ठी आजबाट सिन्धुलीमाढीमा सुरु भएको छ । गोष्टिको आज उदघाटन गरिएको थियो । जुनियर युवा केन्द्रिय कार्यक्रम संयोजक सुरेन्द्र सिँ ऐरको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ठ अतिथि जिल्ला विकास अधिकारी वेणिमाधव ज्ञवालीले रेडक्रसले युवा बर्गको ब्यवहार परिवर्तनका लागि महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । रेडक्रसले कुलतमा फसेका युवाहरुलाई सामाजिक कार्यतर्फ उत्साहित गरेको प्रसंसा गर्दे उहाँले यसले निरन्तरता पाउने अपेक्षा समेत ब्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष सन्जिव थापाले महिला तथा युवाहरुको क्षेत्रमा काम गर्नु रेडक्रसको दायीत्व भएको र सबैको सहयोग भए अझ अगाडि बढ्न सकिने धारणा ब्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राई ,नेकपा माओवादीका जिल्ला इन्चार्ज वसंन्त माझी , नेपाली कांगेसका मोहन बराल ,उद्योग वाणिज्य संघका अध्यक्ष मिन कुमार श्रेष्ठ, जिल्ला विकास समिति सिन्धुलीका कार्यक्रम अधिकृत सागर ढकाल , कमलामाई नगरपालीका कार्यालयका कार्यकारी अधिकृत भुपाल बराल लगायतको सहभागिता रहेको थियो ।
सिन्धुली जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने उदेश्यले ३२ औ राष्ट्रिय जुनियर युवा गोष्ठिको आयोजना गरीएको र कार्यक्रमका सहभागिहरुलाई पर्यटकीय स्थान सिन्धुलीगढी दरबार, बिसम्बर लामिछानेले हातले बनाएको जरवुट्टा कला अवलोकन गराउने तयारी भएको आयोजकको भनाईरहेको छ । कार्यक्रममा भक्तपुर,सर्लाही ,रामेछाप, पाल्पा, मुगु ,पर्सा ,बारा ,चितवान, सुनसरी,धनुषा लगायत ७४ जिल्लाको सहभागीता रहेको आयोजकले जनाएको छ । गोष्टि भोलि सम्म संचालन हुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !