अविश्वास प्रस्तावबाट प्रधानमन्त्रीलाई हटाउनुपर्छ:राणा


काठमाण्डौ फागुन १४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफैं पदबाट राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले अज गरेको साक्षात्कारमा अध्यक्ष राणाले प्रधानमन्त्री भट्टराई पूर्ण रुपमा असफल सावित भईसकेकोले उहाँको औचित्य समाप्त भएको भन्दै राजिनामा दिएर मुलुकलाई निकास दिन सुझाव दिनुभयो । 

अध्यक्ष राणाले प्रधानमन्त्रीले आफै राजिनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर भए पनि हटाउनु पर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता ७० प्रतिशत पुरा भएको जानकारी दिदै आगामी बैशाख मसान्तसम्म पार्टी एकताको प्रक्रिया पुरा हुने विश्वास अध्यक्ष राणाले व्यक्त गर्नुभयो ।

 अध्यक्ष राणाले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग पनि पार्टी एकताको लागि छलफल भईरहेको जानकारी दिदै संवैधानिक राजतन्त्र र गणतन्त्रमा कुरा नमिलेको स्पष्ट पार्नुभयो । जेठ १४ गते भित्र शान्ति र संविधनको काम पुरा हुन नसके मुलुकमा अकल्पनीय संकट आउने राणाको टिप्पणी थियो । 

Related

राष्ट्रिय 8834421846862375426

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item