मधेश आन्दोलनलाई निस्तेज गर्न गुप्तामाथि कार्वाही भएको मधेसी मोर्चाको आरोप


काठमाण्डौ,फागुन १४

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संघीयतालगायत मधेशका मुद्दालाई निस्तेज गर्न फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता विरुद्धको फैसला आएको आरोप लगाएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले राज्यका सम्पूर्ण निकायवाट मधेशमाथि भइरहेको प्रहारको सिलसिलामा गुप्ताको फैसला आएको ठहर गरेको हो ।

 मोर्चाले शान्ति प्रक्रिर्याको पूर्णता तथा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान समयमा निर्माणगर्न गराउन मोर्चा प्रतिबद्ध रहेको सदभावना सहध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यसको पूर्णताका लागि मोर्चाले आवश्यक कदम गम्भीर रुपले उठाउने मोर्चाले बताएको छ । मधेशी मोर्चासंग भएका सहमति कार्यान्वयनमा विलम्ब भए सरकारवाट बाहिरिने नेता कर्णले चेतावनी दिनुभयो । स्रोतका अनुसार मोर्चा भित्र सरकारमा बसिरहने वा बाहिरिने भन्नेमा तीब्र विवाद बढ्न थालेको छ । 

Related

प्रमूखखबरहरु 1702870989970933294

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item