सर्लाहीमा आगलागी पीडितको बीचल्ली

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_1429.html
सुरेश बिडारी,सर्लाही,फागनु १४
सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने छटौल गाविस ८ र ९ नं वडामा रहेको सुकुम्बासी बस्तीमा भएको आगलागी पीडितको बिचल्ली भएको छ । उनीहरु अहिले खुल्ला चौर, आफन्तको घर र नजिकैको विद्यालयमा शरण लिन उनहिरु बाध्य भैरहेका छन् । आगलागी पीडितका लागि जिल्ला दैविप्रकोप उद्दार समितिले २ हजारका दरले नगद दिएको भएपनि अन्य क्षेत्रबाट सहयोग नपाएको पीडितहरुले गुनासो गरेका छन् । आगलागबिाट २४ घर पूर्ण रुपमा जलेर नष्ट, १२ घरमा आशिंक क्षति र ६ वटा बाख्रा करोडौको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट फुसका घर तथा घर भित्रका अन्न, लत्ताकपडा नगद गरगहना लगायतका सामान पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
आफूले घर बनाउनका लागि जम्मा गरेकोे दुइलाख रुपैया पनि जलेर नष्ट भएको पीडित नेबिलाल रायले गुनासो गर्नुभयो । आगलागीबाट सुनार बस्तीका ३ सय जना भन्दा बढी पीडित भएका छन् । स्थानीय दिलिप रायको फुसको घरबाट बिहान ११ बजे सल्केको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको संयुक्तटोलीले दुइघण्टापछि नियन्त्रणमा लिइएको थियो । उता नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाले आगलागी पीडितलाई अहिलेसम्म सहयोग नभएको पाइएको छ । बेलुकीसम्ममा आज सहयोग सामाग्री पु¥याउने नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलीयाले पनि रेडक्रस मार्फत उपलब्ध हुने सहयोगको लागि पहल भैरहेको बताउनुभयो ।
यसैबीच आगलागी भएको स्थलको नेपाली काँग्रेस सर्लाहीका सभापति लक्ष्मण राय लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ । निरिक्षण पछि उहाँले आगलागी पीडितको बिचल्ली रहेको बताउँदै सहयोगका लागि विभिन्न दातृ निकायसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सभापति रायले भोली सर्लाहीकै छतौनामा हुने वृहत आम सभा सम्बोधनका लागि आउनुहुने सभापति शुशिल कोइराला र महामन्त्री कृष्ण सिटौलालाई पनि आगलागी भएको क्षेत्रको स्थलगत निरिक्षण गराउने जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !