बन्चरो प्रहारबाट सासुको हत्या गरी फरार सिन्धुलीका बम्जन पक्राउ


जिवी. श्रेष्ठ सिन्धुली,फागुन १४

चार दिन अघि  बन्चरो प्रहारबाट सासुको हत्या गरी फरार रहेका रानीचुरी २ का १९ वर्षिय संन्जय बम्जनलाई शनिवार जिल्ला प्रहरी कार्यलयको एक टोलीले सिन्धुलीको डाँडीगुराशे गाविस  स्थित मरिण खोलामा नुहाउदै गरेको अवस्थामा पक्राउ गरेकोे हो । 

वोम्जनल यहि फागुन ११ गते करवि १२ बजेको समयमा महोत्तरी माईस्थान १ भक्तिपुर ससुरालीगई ४७ वषिया सुकुमाया गोलेलाई सुति रहेको अबस्थामा बन्चरो प्रहार गरी हत्या गरेको र ४८ वर्षिया ससुरा बहादुर गोलेलाई पनि  सोही समयमा सासुको हत्या भएपछि बन्चरो प्रहार गरेका थिए । अहिले ससुराको विपि मेमोरियल अस्पताल धरानमा उपचारभैरहेको छ । उनको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । अभियुक्त संन्जय वोम्जनका अनुसार उनले तीन महिना अगाडि मात्रा गोलेको छोरी सुनिता गोलेलाई भगाएर विवाह गरेका थिए ।

 श्रीमती माईतमा भएपछि लिन गएको र श्रीमती सुनिताले १० गते मात्रा आउने भनेपछि सन्जय फर्किएका थिए । त्यस पछि १० गते लिन गएको र अनेक बाहाना गरेर छोरीलाई आफुसंग नपठाउने चालावाजी सासु ससुराको थाहा पाए पछि आफुले दिदिको घरगई बन्चरो लिएर करीब १२ बजेको समयमा  पहिला सासुलाई बन्चरो हानेको र ससुरालाई हानेको वयान प्रहरी नायव उपरीक्षक लोकन्द्र श्रेष्ठले दिएको छन् । 

Related

स्थानिय 4420029663803596709

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item