सिन्धुली टाँडीकी इन्द्रकुमारीको इच्छाशक्ति

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_498.html
![]() |
- रुकु पोखरेल |
सिन्धुलीको टाँडी–३ श्रीपुर एकदमै विकट, दुर्गम र कुसंस्कारले ग्रसित गाँउ थियो । यस्तो गाउँमा बसेर सामाजिक काम गर्न र सबैलाई खुसी पार्न कत्ति गाह्रो थियो होला । अलिकति अगाडि बढ्यो भने खुट्टा तान्ने प्रवृत्ति त्यहाँ पनि हुने नै भयो । यी सबै समस्याबाट स्थानीय ४० वर्षिया ईन्द्रकुमारी पोखरेल पनि कसरी अछुतो हुन सक्नु हुन्थ्यो र ! छोरीको चाँडै विवाह गरे मुक्ति पाइन्छ भन्ने भ्रम बोकेको यो समाजमा उहाँले पनि पढ्नका लागि निकै संघर्ष गनुप¥यो । आफु सानै हुँदा बुवाले घरमा सौतेनी आमा ल्याएपछि बाल्यकालका दिनहरू एकदमै कष्टसँग बिताउनुपरेको कुरा सुनाउँदा ईन्द्रकुमारीको अनुहारमा पीडाका रेखा कोरिएको प्रष्टै देखिन्थ्यो । बाल्यकालमा उहाँले कहिल्यै आफ्नो इच्छाअनुसार चल्न पाउनुभएन । धेरै पढेर केही गर्ने उहाँको रहर त्यतिकै म¥यो । आफ्नो पढ्ने रहर, सौतेनी आमाको छोरीलाई घरबाट निकाल्ने चाहना । दुई थरीको चाहनाबीचको लडार्इँमा उहाँले हार्नुभयो । वाध्यतामा उहाँले नजिकैको गाउँमा विवाह गर्नुभयो । नयाँ घर र नयाँ परिवेशमा सहजै घुलमिल हुन गाह्रो थियो । नयाँ ठाउँ र नयाँ मान्छेको जमातमा ईन्द्रकुमारी विस्तारै परिचित हुन थाल्नुभयो । श्रीमानबाट रामै्र सहयोग पाउनुभयो । महिला भएर घरमै मात्र सीमित हुनु हुँदैन भन्ने श्रीमानको प्रेरणाबाट नै उहाँ आज श्रीपुरबासीका दृष्टिमा एक सफल महिला बन्न सकेको बताउनुहुन्छ ।
अहिले उहाँ दोभान सहकारी संस्थाकी सचिव, हर्कटा सामुदायिक वनकी सदस्य, मैनी उच्च माविकी सदस्यलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भई महिला हकहितका लागि संघर्ष गरिरहनुभएको छ । महिलाले भातभान्सामा मात्र सीमित नभई बाहिरी संसारलाई पनि चिन्न र बुझ्न पाउनुपर्छ भन्ने उहाँको मान्यता छ । ‘घरबाहिर ननिस्कने महिला कहिल्यै अगाडि बढ्न सक्दैनन्, उहाँ भन्नुहुन्छ ।
उहाँको ६ जनाको परिवार छ । श्रीमान वैदेशिक रोजगारिका लागि परदेशमा हुनुहुन्छ । घरको कामदेखि बाहिरी कामसमेत गर्न भ्याउनुपर्छ । इन्द्रकुमारीको दिनचर्या खेतबारीमा तरकारी लगाउने, सामुदायिक वनमा रुखविरुवाको हेरचाह गर्ने,े सहकारीको हरहिसाव अनि स्कुलको मिटिङ् गर्दै बित्ने गर्छ ।
यो सफलताको श्रेय उहाँले पेप सिन्धुलीलाई दिँदै भन्नु भयो, ‘पेपको तालिम र सहयोगले म यो अवस्थामा आइपुगेकी हुँ । सबैसँग नम्र र हँसिलो मुद्रामा मनका कुरा पोख्ने इन्द्रकुमारी आफूले गरेको कामबाट एकदमै सन्तुष्ट हुनुहुन्छ । कामप्रतिको लगनशिलता र इमान्दारिताले इन्द्रकुमारीलाई समाजले हेर्ने दृष्टि परिवर्तन गरेको छ । समाजबाट आफुले पनि धेरै कुरा सिक्ने मौका पाएको उहाँ बताउनुहुन्छ । आफ्नो छुट्टै पहिचान बनाउने चाहनाले ईन्द्रकुमारीलाई आज सबल महिला बनाएको हो ।
लगनशिलता, परिश्रम, आँट र ईच्छाशक्तिकै कारण उहाँले श्रीपुरबासीलाई चमत्कार देखाई दिनुभयो । एउटी महिला भएर पनि हार नमानी कसैको भर नपरी अगाडि बढे पक्कै सफलता पाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ ईन्द्रकुमारी ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !