"गीत"- ध्रुवचन्द्र खड्का

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3716.html
(१)
जलायौ प्रितको महल वाँकी मात्र खरानी भो
खुसी सवै तिम्रो भयो मेरो केवल परानी भो
झेली हुने पिरतीको खेल जिती गयौ
साँझ भयो मेरो भागमा तिम्रो विहानी भो ।
कुन चाहीँ झल्को हट्छ होला मेरो आँखावाट
वैगुनीकै गीत गाउँछु मधुर भाकावाट
श्राप लाग्यो कुन्नी कसको बोटै मर्नेगरि
फूल टिप्नै नपाइकन झरँे हाँगावाट ।
एकोहोरो लाएछुकी भूल भयो माया
तडपाउने दुखाउने शुल भयो माया
सुगन्ध लुटिगयो भुइँ झारिगयो
कुन पापि भँवरालाइ फूल भयो माया ।
(२)
छाँया वनि आउँछु भन्थ्यौ रात पर्खिवसेँ
वितिसके रात सवै साथ पर्खिवसेँ
दोवाटोमा हेर्ने आँखा पोलिसकेपछि
मायासंग विष मिसाइ घोलिसकेपछि
फूलजति तिम्रो भयो पात पर्खिवसेँ
पाउन वाँकी तिमीवाट घात पर्खिवसेँ ।
दिलको सागर लहरमा डुलाउँछु भन्थी
चाँदनीको रंगसगै भुलाउँछु भन्थी
नपाउन रैछ आखिर हात पर्खिवसेँ
पाउन वाँकी तिमीवाट घात पर्खिवसेँ ।
- ध्रुवचन्द्र खड्का,सिन्धुली
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !