मध्यमाञ्चल महोत्सव आज सकिँदै

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3495.html
प्रकाश सुन्दास, काभ्रेपलाञ्चोक, फागुन १४
‘सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य’ भन्ने नाराका साथ फागुन ५ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको उग्रतारा गाविसमा जारी मध्यमाञ्चल महोत्सव–२०६८ आज सकिने भएको छ । महोत्सवको दिउँसो १ बजेपछि औपचारिक समापन गरिने प्रचारप्रसार संयोजक प्रकाश मानन्धरले जानकारी दिनुभयो । नवौँ दिनसम्म आइपुग्दा महोत्सवको १ लाख ७५ हजार भन्दाबढीले अवलोकन गरिसकेका छन् भने ४ करोड बराबरको आर्थिक कारोबार भइसकेको आयोजकले बताएको छ ।

महोत्सवमा कृषि उपजका सामग्री, सूचना प्रविधि, पशु, खाद्यान्न, लघु उद्यम, घरेलु उत्पादनलगायत १ सय ७५ वटा स्टलहरु राखिएका छन् । काभ्रे उद्योग वाणिज्य संघको मूख्य आयोजनामा भइरहेको महोत्सवको प्रमूख प्रायोजक मायोज तयारी चाउचाउ रहेकोछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !