अव श्रीमानको थर श्रीमतीले जोड्न नपर्ने

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_8745.html
फागुन १४
भारतको महाराष्ट्रमा विवाहीत महिलालाई आफ्नो नामसंगै श्रीमानको नाम र थर जोड्नुपर्ने कानूनी बाध्यता हटाईएको छ । मुम्बई उच्च अदालतले पारिवारीक अदालत ऐन अनुसार महिलालाई कुनै पनि अदालती कारवाहीका लागि आफ्नो नाममा श्रीमानको नाम थर जोड्नै पर्ने प्रावधान हटाएको हो ।
यसअघि महाराष्ट्र राज्यका कुनै पनि अदालतमा आफ्नो नाम पछि श्रीमानको नाम र थर नजोड्ने महिलाको निवेदन अस्वीकृत हुने गरेको थियो । सम्बन्ध विच्छेद या घरेलु हिंसाका लागि श्रीमान विरुद्ध उजुरी गर्नु पर्दा पनि श्रीमानकै नाम थरको सहारा लिनुपर्दा महिला अप्ठ्यारोमा परेको भन्दै ऐन संसोधन गरिएको कानुनविद्हरुले बताएका छन् ।
नयाँ व्यवस्था अनुसार विवाह पछि आधिकारीक कागजपत्रमा विवाहीत उल्लेख भएपनि श्रीमानको नाम थर राख्न नचाहने महिलालाई बिहे अघि कै थर राखेर काम गर्न कुनै कठिनाई हुनेछैन । यस्तै अदालतले कुनै जालसाजीका लागि नभएको भन्ने ठहर गरेमा महिलाले सम्बन्ध विच्छेद पछि श्रीमानको नाम थर कायमै राख्न पाउनेछन् । एजेन्सीको सहयोगमा
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !