नेपाल तामाङ् संघ सिन्धुलीको वडा समिति गठन

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_4725.html
ध्रुवचन्द्र खड्का, सिन्धुली,फागुन १३
सिन्धुलीको कमलामाइ नगरपालिका –११ मा नेपाल तामाङ् संघ सिन्धुलीको वडा समिति गठन भएको छ । नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सचिव उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ् संघका केन्द्रिय सदस्य शुशिला थिङ्को विशेष आतिथ्यतामा सम्पन्न भेलाले दालचिनी योन्जनको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन गरिएको हो ।
भेलामा शिक्षक युनियन सिन्धुलीका सचिव अरुण थिङ्, नेपाली काँग्रेसका शरद आचार्य, टेक वहादुर थिङ् लगायतले वोल्नुभएको थियो । आफ्नो संगठन विस्तारका क्रममा तामाङ्हरुको पहुँच सवै क्षेत्रमा पुर्याउने उद्देश्यका साथ संगठन विस्तारमा लागेको काजिमान तामाङ्ले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !