मुडुला कार्कीको तेश्रो जिल्ला अधिवेशन सिन्धुलीमा

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3783.html
ध्रुवचन्द्र खड्का,सिन्धुली,फागुन १३

जातिय धर्म सँस्कृतिको संरक्षण गरौँ, भाइ वन्धुहरुको हित र कल्याण गराँँै भन्ने मुल नारासहित मुडुला कार्की कुलायन व्यवस्थापन समिति सिन्धुलीको तेश्रो जिल्ला अधिवेशनको आज एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं मुडुला कार्की कुलायन मध्यमान्चल क्षेत्रिय अध्यक्ष वेनी वहादुर कार्कीले अधिवेशनको उद्भघाटन गर्नुभएको हो । मुडुला कार्की कुलायन व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष इन्द्र वहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सिन्धुली लगायत महोत्तरी, धनुषा, सर्लाही, उदयपुर र रौतहट जिल्लाका मुडुला कार्कीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रमेश कार्की, क्षेत्री समाज नेपालका अध्यक्ष गोपाल थापा, मुडुला कार्की कुलायन समितिका सँस्थापक अध्यक्ष रण वहादुर कार्की, टिका वहादुर कार्की, राजकुमार कार्की लगायतले मन्तव्य दिँदै कार्कीहरु संगठित नभएका कारण नै पछि परेको धारणा राखेका थिए । साथै उनिहरुले मुडुला कार्कीहरुमा एकताको आवश्यक्ता रहेको भन्दै सवै क्षेत्रहरुमा आफ्नो प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए । नयाँ नेतृत्व चयनका लागि अहिले वन्दसत्र कार्यक्रम भैरहेको वताइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !