चेक खोसेको विशेष समितीमा उजुरी
http://sindhulidarpan.blogspot.com/2012/02/news_5691.html
मिनकुमार दाहाल, सिन्धुली,माघ २७
समिती संयोजक शर्माले प्राविधिक समितीका साथीहरु जिल्लामा भएकोले उनीहरु आएपछि लडाकुहरुको मागका सम्बन्धमा छलफल गर्ने आश्वासन दिएको उदयले बताए । चेक खोसिने साथीहरु सबैलाई विशेष समितीमा उजुरी गर्न बोलाए राम्रो हुने शर्माले बताए । ‘हाम्रो खाता रोक्का गरिदिने विश्वास दिलाएका छन् संयोजन शर्माले’– उदयले भने ।
स्वेच्छिक अवकासमा जाने लडाकुले कृषि विकास वैंकमा आफ्नो नाममा खोलिएको खाताको खाली चेकमा कमाण्डरहरुले जर्वजस्ती सही गराएर रकम निकाल्न थालेको भन्दै दुई नम्वर डिभिजन अन्तरगत सोलुसल्लेरी स्मृति व्रिगेडका लडाकुहरुले सेना समायोजन विशेष समितीको कार्यालयका काठमाडौंमा गएर बिहिबार उजुरी दर्ता गराएका छन् । माओवादी लडाकुको सोलु सल्लेरी स्मृति व्रिगेडमा कार्यरत ज्योती कार्कीले सेना समायोजन विशेष समितीको कार्यालयको उजुरी शाखामा फोन मार्फत आफ्नो पैसाको रक्षा गरि दिन आग्रह गरिन भने अर्का लडाकु उदयले समितीको कार्यालमै पुगेर संयोजक बालानन्द शर्मालाई भेटी आफ्नो खातामा भएको पैसा संरक्षण गर्न आग्रह गरेको बताए ।
समिती संयोजक शर्माले प्राविधिक समितीका साथीहरु जिल्लामा भएकोले उनीहरु आएपछि लडाकुहरुको मागका सम्बन्धमा छलफल गर्ने आश्वासन दिएको उदयले बताए । चेक खोसिने साथीहरु सबैलाई विशेष समितीमा उजुरी गर्न बोलाए राम्रो हुने शर्माले बताए । ‘हाम्रो खाता रोक्का गरिदिने विश्वास दिलाएका छन् संयोजन शर्माले’– उदयले भने । त्यसै गरी ज्योति कार्कीलाई पनि विशेष समितीको मुद्दा शाखामा कार्यरत कर्मचारीले सिन्धुलीको कृषि विकास वैंकमा रहेको आफ्नो खाता नै रोक्का गरि दिने आश्वासन पाएको बताइन । ‘तपाईको खाताको रकम कसैले झिक्न सक्दैन भने पछि म पैसा नझीकी घर हिडेकी हुँ’ उनले भनिन् । बुधबार कार्की र उदय सहित ५० लडाकुको चेक र परिचय पत्र माओवादी लडाकुका कमाण्डरहरुले जर्बजस्ती खोसेर लगेका थिए ।
सेना समायोजन विशेष समितीको टोलीले मंगलबार दिएको चेक पाँच मिनेट बित्न नपाउदै दोस्रो डिभिजन अन्तरगतको सोलु सल्लेरी सहायक शिविर रानीबासमा रहेका कमाण्डरहरुले चेक र परिचय–पत्र लुटेका थिए । स्वेच्छिक अवकासमा जाने लडाकुहरुको चेक र परिचय–पत्र शिविरमा रहेका लडाकुले धम्की दिँदै जर्वजस्ती लुटेको पीडित लडाकुहरुले बताएका छन् । रानीबास सहायक शिविरका कमाण्डर सुरवीरको निर्देशनमा हाम्रो चेक खोसिएको विशेष समिति संयोजक शर्मालाई लडाकु उदयले जानकारी गराएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !