कुन्ती मोक्तानले तताईन् सिन्धुली
http://sindhulidarpan.blogspot.com/2012/02/entertaintment_10.html
मिनकुमार दाहाल, सिन्धुली,माघ २७
डाली डालीमा फुली रन मन लाग्छ दिलको वारीमा, सुनकै भाउ छ सुन्तला भारीको, माथि माथि सैलुंगेमा चौरी डुलाउनेलाई जस्ता चर्चित गीतहरु गाएर मोक्तानले महोत्वमा हेर्न आएका आएका युवायुवतीलाई भरपुर मनोरन्जन प्रदान गरेकी थिईन् । मुक्तानका प्रत्येक गितलाई दर्शकहरुले वान्स मोर भन्दै दोहो¥याएर गाउन लगाएका थिए । मोक्ताले सिन्धुलीका युवा युवतीहरु सभ्य र सहन शिल भएको भन्दै आफ्नो प्रस्तुतीहरुलाई दोहो¥याएकी थिइन् । युवतीहरु स्टेजमै गएर मुक्तानसँग छमछमी नाँचेका थिए ।
माघ २० गतेदेखि संचालन भएको ल्होछार महोत्वसवमा विहिबार गायिका कुन्ती मोक्तानले महोत्सवका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरिन् । कुन्ती मोक्तानले सुरुको प्रस्तुतीमा सिन्धुली गढीलाई गतिको माध्यमवाट राष्ट्रसामु चिनाउने तिनै लोकगायक कृष्ण विक्रम थापा प्रति समर्पण भन्दै सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली मै कतिन राम्रो दरवार मा¥योनि मायाले मा¥यो भन्ने वोलको गीत पस्केकी थिइन । सिन्धुलीका दर्शकहरुमा अपनत्वको भावना जगाएर उनले आफ्ना प्रस्तुतिलाई निरन्तरता दिएकी दिन थालिन ।
डाली डालीमा फुली रन मन लाग्छ दिलको वारीमा, सुनकै भाउ छ सुन्तला भारीको, माथि माथि सैलुंगेमा चौरी डुलाउनेलाई जस्ता चर्चित गीतहरु गाएर मोक्तानले महोत्वमा हेर्न आएका आएका युवायुवतीलाई भरपुर मनोरन्जन प्रदान गरेकी थिईन् । मुक्तानका प्रत्येक गितलाई दर्शकहरुले वान्स मोर भन्दै दोहो¥याएर गाउन लगाएका थिए । मोक्ताले सिन्धुलीका युवा युवतीहरु सभ्य र सहन शिल भएको भन्दै आफ्नो प्रस्तुतीहरुलाई दोहो¥याएकी थिइन् । युवतीहरु स्टेजमै गएर मुक्तानसँग छमछमी नाँचेका थिए ।हिजो राती तिमीलाई देखें सपनीमा, कस्तो संयोग भेट भयो आज सिन्धुलीमा... बोलको गीत स्टेजमा गुञ्जिदा युवाहरुले वाह...वाह...भन्दै गलामा भएको गलवन्दी मिल्काउदा थप रौनक थपेको थियो । कुन्ती मोक्तान सिन्धुलीमा यस अघि भएका दुइ महोत्वसवहरुमा आएर आफ्नो गितहरु प्रस्तुत गरी सकेकी थिइन् । लोक दोहोरी गायक मिलन लामा र दुर्गा सापकोटाले डाँडै फुर्के सल्ललो मायाले सम्झी राख घर मेरो ओल्लो हैन पल्लो र लालुपाते फुल छैन रुख मात्रै वेसारेको मन छैन मुख मात्रै भन्ने वोलको गित गाँउदा दर्शकहरुवाट निकै हुटीङ्ग पाएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !